(समाचार अपडेट) ठाणेको समृद्धि हाइवेमा गर्डर मशिन झरेर १७ मजदूरहरको मृत्यु, तीन घाइते

00-1-Accident-1

मुम्बई: महाराष्ट्रको ठाणे जिल्ला अन्तर्गत शाहपुरको सरलांबे गाउँमा मुम्बई-नागपुर समृद्धि हाइवेको तेस्रो चरणको निर्माण कार्य अवधि गर्डर लन्चिङ्ग मशिन र क्रेन झरेर १७ जना मजदूरहरूको मृत्यु भएको छ। यस घटनामा घाइते तीन मजदूरहरूलाई शासकीय अस्पताल कलवादेखि मुम्बईको सायन अस्पतालमा रेफर गरिएको छ। घाइतेहरूको अवस्था चिन्ताजनक रहेको बताइएको छ। एनडीआरएफको टीमले अहिले पनि बचाउ कार्य गरिरहेको छ। सबै शवहरूलाई जिल्ला अस्पतालमा पठाइएको छ।

मुख्यमन्त्री एकनाथ शिन्देले उक्त दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले पीड़ितका प्रत्येक परिवारलाई पाँच-पाँच लाख रुपियाँ आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्। शिन्देले भनेका छन्, घाइतेहरूको उपचारको खर्च राज्य सरकारले वहन गर्नेछ। घटनाको उच्चस्तरीय जाँच हुनेछ। उपमुख्यमन्त्री देवेन्द्र फडणवीसले पनि घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

लोक निर्माण मन्त्री दादा भूसेले भनेका छन्, समृद्धि हाइवेमा दिन-रात काम भइरहेको छ। राति यस राजमार्गको पुलमा गार्डर बिछ्याउने काम भइरहेको थियो यसै अवधि यो दुर्घटना भयो। यस काममा सिङ्गापुरको कम्पनीको अत्याधुनिक लञ्चरलाई प्रयोग गरिँदैछ। यी लञ्चरहरूले ९८ स्ट्याण्ड पूरा गरिसकेका छन्। यहाँ अन्य राज्यहरूबाट आएका अधिकांश मजदूरहरूले काम गरिरहेका छन्।

मृतकहरूमा उत्तराखण्ड, उत्तर प्रदेश, तमिलनाडु, बिहार र पश्चिम बंगाल राज्यका मजदूरहरू सामेल छन्। १३ मृतकहरूको पहिचान अरविन्द उपाध्याय, गणेश रोय, ललन राजभर, परमेश्वर साहनी, राजेश शर्मा, सन्तोष जैन, राधेश्याम यादव, आनन्द यादव, पप्पू कुमार, बिहार कन्नन, सुब्रत सरकार, सुरेन्द्र पासवान, बलराम सरकारको रूपमा भएको छ भने चारजनाको पहिचान अहिलेसम्म हुन सकेको छैन। -हिस

About Author

Advertisement