सिलगढी: सिलगढीको समर नगरमा शुद्ध खानेपानी आपूर्ति परियोजना स्थापनाको काम सुरु भएको छ। सोमबार मेयर गौतम देवले उत्तर समरनगर नम्बर १ डबग्रामको बहुबजारमा आयोजनाको शिलान्यास गरेका हुन्। सो क्रममा मेयरले प्रदेश सरकारले स्वीकृत गरेको रु ४ करोड ३५ लाखको लागतमा आयोजना निर्माण हुने जानकारी दिए। उनले छिट्टै यस क्षेत्रका बासिन्दालाई घरघरमा पिउने पानी उपलब्ध गराउने बताए।










