मिरिक: चिया श्रमिकहरूको बोनस विषयमा सम्पूर्ण चिया श्रमिकहरू साथै चिया श्रमिक संघर्ष समितिका साथीहरूसित एउटा कमाने आमाको छोराको हैसियतमा थर्बु चियाबारीको कार्यीलयभित्र र गेट बाहिर जुन वातावरणमा म उभिएको थिएँ मलाई भान भयो कि “समयसँगै सबथोक बद्लियो तर हामीलाई हेर्ने नजर अझै बद्लिएको छैन रहेछ भनी हाम्रो पार्टीको पदाधिकारी लाडुप घिसिङले बताएका छन्।

उनले भने, ‘सत्तधारी सरकार, उनका धुपौरेहरू, अदृश्य मालिक र कम्पनीहरूको आडमा सरकारी नोटिस भनेर जुन प्रकारको व्यवहारको सामना हाम्रो सन्तानहरूले गरे, सम्बन्धित सबैले याद राखोस् साथै बुझोस्, “व्यापारीहरू माझमा चाहे प्रबन्धक होस् चाहे श्रमिक दाजुभाइ दिदी-बहिनीहरू नै किन नहोस् सबै नै कर्मचारी हुन् र सबैको उद्धेश्य एउटै हो र मेरो नजरमा सबै कोही ठूलो-सानो छैन। हाम्रो सन्तानहरू यसरी हेपिएको म हेर्न सक्दिनँ।”

लाडुप घिसिङले अघि भने, आफ्नो रगत-पसिनाले कमाएको अधिकारको निम्ति पनि हात फैलाई रहनुपर्ने औ तिरस्कृत पनि हुनुपर्ने कुरामा हामी सबै क्षुब्ध छौं। समय बलवान छ, इतिहास साक्षी छ, “आजका राजाका सन्तानहरू कुनै दिन दास थिए औ आज दास सरह जीवन व्यतीत गरिरहेकाहरु पनि समयमा राजा बन्नेछ। बालाजी एग्रो कम्पनी लिमिटेड अधिनस्त तीनधारे चियाबारीमा एकैपल्टमा बीस प्रतिशत बोनस वितरण गरेको खबर पनि हिज राती नै मैले सम्बन्धित मान्छेले पावोस् भनी पठाईदिएको छु। अरू सरकारी अध्यादेशहरू, दस्तावेजहरु सोध्नेले जहाँ भन्छ त्यही मेरो श्रमिकहरूको निम्ति हामी उभिन तयार छौं।’










