गोरुबथान: भुजेल सांस्कृतिक संगठन केन्द्रीय समितिले “दैलोमा भुजेल शिक्षा” कार्यक्रम कालेबुङको समथार गैरी गाँउमा सम्पन्न गरेको जानकारी प्राप्त भएको छ। भुजेल जातिलाई शिक्षा क्षेत्र साथै भुजेल भाषालाई उन्नत गरेर लैजानको निम्ति संगठनले यो कार्यक्रमको थालनी गरेको हो। यस कार्यक्रमको सभापतित्व शाखाका वरिष्ट सदस्य सि० बी० भुजेल थिए। यसै गरी भुजेल बोर्ड अध्यक्ष प्रदीप खवासको विशिष्ठ अतिथिको आसनमा थियो। संगठनले यस वर्ष समथार विद्यालयबाट उच्च-माध्यमिक परीक्षामा ८६% लिएर अब्बल दर्जामा पास भएकी गीता (सुवर्ण) भुजेललाई पनि सम्मान जनाए। यसै गरी हालै कलकत्तामा भएको अन्तर्राष्ट्रीय ताइक्वान्डो प्रतियोगितामा स्वर्ण-पदक जितेर सम्पूर्ण गोर्खा जातिको नाम उज्वल पारेका ताइ क्वाइन डो खेलाडी दुर्गा भुजेललाई पनि सम्मान जनाए। यसरी यसै वर्षदेखि माध्यमिक अनि उच्च माध्यमिक परीक्षामा पश्चिम-बंगाल भरिकै भुजेल समुदायबाट उच्च अंक ल्याउने प्रथम, दोस्रो अनि तेस्रो स्थान ओगट्न सफल विद्यार्थीहरुलाई संगठनको तर्फबाट केहि पुरस्कार स्वरुप केहि राशी पनि प्रदान गरिने घोषना सभापति प्रमोद खवासले गरेका थिए।

यसै क्रममा उनले खेलकुदमा अघि रहेकाहरूलाई पनि संगठनले सँधै नै प्रोत्साहन गर्न हरेक सहयोग गर्ने बताए। समथारमा भुजेल सांस्कृतिक संगठनको शाखाको पनि पुनर्गठन गरियो। यस नव-गठित शाखाका सभापतिको पदमा नितेश खवास, सचिवमा कृष्ण भुजेल अनि कोषाध्यक्षको पदमा दिपक भुजेलको साथमा कार्यकारिणी समिति सहित शाखा गठन गरियो। शाखाका वरिपरिका विद्यार्थीहरूलाई भुजेल भाषाका पुस्तकहरू पनि वितरण गरे भने भुजेल भाषाको समीक्षा जाँच पनि बेला-बेलामा गरिने जानकारी गराए। कार्यक्रमको अन्तमा सभापति सी० बी० भुजेलले कार्यक्रम सफल भएको बताउदै सभा समापन गरे।









