समथारकी छोरी सीता भुजेल विज्ञान विषयमा सन्त फिलोमिना उच्च माध्यमिक विद्यालय टपर बनिन्

Sita-Bhujel

कालेबुङ: देवराज भुजेल र सन्तमाया भुजेलका छोरी सीता भुजेलले यसपल्ट आफ्नो गाउँ समथारलाई शिक्षाको क्षेत्रमा पहिचान गराएकी छन्। उनी सन्त फिलोमिना उच्च विद्यालय विज्ञान विभागकी छात्रा हुन्। समथारकी छोरी सीता भुजेलले यस वर्षको उच्च माध्यमिक परिक्षामा ७९% अंक ल्याउन सफल बनिन्। सन्त फिलोमिना उच्च विद्यालयको यस वर्षको विज्ञान विभागमा सर्वोत्कृष्ट अंक ल्याउने छात्रा बनेकी छन्। उनी समथार लोवर डाँडा गाउँमा बसोबासो गर्छिन्। अब उनी गणित विषयमा बीएस्सी गर्ने लक्ष्य राखेकी सीता भुजेलले नीट र एमएनएसको लागि तयारी गर्ने बताएकी छन्। सबैले सीता भुजेलको उत्तरोत्तर प्रगतिको मङ्गलकामना गरेका छन्। 

About Author

Advertisement