समथारका छोरो दुर्गा खवासले अन्तर्राष्ट्रिय ताइ-क्वाइन-डो च्याम्पियनसिपमा जिते स्वर्ण पदक

Durga-Khawas

गोरुबथान: समथार गाउँका छोरा दुर्गा खवास ताइ-क्वाइन-डो खेलसित संलन छन्। विगत ४ र ५ जुनको दिन कोलकातामा इन्डो बांग्लादेश ओपन अन्तर्राष्ट्रिय ताइ-क्वाइन-डो च्याम्पियनसिप खेलमा भाग लिएर फर्केका छन्। उनी समथार निवासी पदम सिंह खवास र माता शान्तमाया खवासको छोरो हुन्। उनले यस च्याम्पियनसिपमा फाइटमा सुवर्ण पदक र पुम्सेमा रजत पदक प्राप्त गरेका छन्। आउँदो दिनहरुमा यस्तै धेरै अन्तर्राष्ट्रिय खेलहरुमा भाग लिएर भारत देशको ‌र आफ्नो क्षेत्रको नाम रोशन गर्ने इच्छा रहेको पनि उनले बताए।

About Author

Advertisement