सभासद सन्नी तामाङलाई हिमाली वेलफेयर सोसाइटीद्वारा सम्वर्द्धना

IMG_20220912_183739.jpg

तकदाह: हिमाली वेलफेयर सोसाइटीको त्रयमासिक सभा निमा नर्बु शेर्पाको अध्यक्षतामा सम्पन्न भयो। यस अवसरमा क्षेत्रीय सभासद सन्नी तामाङलाई संवर्द्धना जनाइयो। स्थानीय भवनमा आयोजना गरिएको त्रि मासिक सभामा तकदाह ग्लेनवर्ण समष्टिका सभासद सन्नी तामाङ प्रमुख अतिथिका रूपमा उपस्थित थिए। यस अवसरमा नै हिमाली वेलफेयर सोसाइटीको तर्फबाट अध्यक्ष नीमा नर्बु शेर्पाको बाहुलीबाट सभासद सन्नी तामाङलाई संवर्द्धना जनाइयो। यसैगरी, कार्यक्रममा गत माध्यमिक परीक्षामा ८० प्रतिशत अंक प्राप्त गर्ने आकांक्ष शर्मा र खुशी तामाङलाई पनि आयोजक हिमाली वेलफेयर सोसाइटीको तर्फबाट संवर्द्धना जनाइयो। यसवाहेक, गत ११ वर्षदेखि लगातार समाजमा विविध सेवा पुऱ्याउँदै आइरहेका नीमा शेर्पालाई पनि संवर्द्धना जनाइयो।

About Author

Advertisement