सभासद श्याम शेर्पाद्वारा चिमनी देवराली ग्राम पञ्चायतकाे चारवटा बुथका प्रतिनिधिहरुलाई चुनावी सभा सम्पन्न

IMG-20260329-WA0073

खरसाङ: आज २८ नम्बर खरसाङ चिम्नी देवराली समष्टिको चिमनी देवराली ग्राम पञ्चायतकाे चारवटा बुथका प्रतिनिधिहरुलाई लिएर क्षेत्रीय सभासद श्याम शेर्पासित भेटघाट र सरसल्लाह अनि सभा देवराली क्षेत्रमा सम्पन्न भएको छ। सभामा सभासद श्याम शेर्पा, चिम्नी देवराली ग्राम पञ्चायत समिति सदस्य दिनेश तामाङ, समष्टिको कार्यवाहक सचिव प्रेम बम्जन, समष्टि उपाध्यक्ष विष्णु क्षेत्री, २८ नम्बर समष्टि नारी शक्तिकी अध्यक्षा सुष्मा मुखिया, कार्यवाहक सचिव ललिता छेत्री लगायत अन्यहरु उपस्थित रहेका थिए। सभामा चारवटा बुथकाे सदस्यहरुमा मजुवाबाट समीर राई, रुसब खवास, विनोद राई, राजेश छेत्री, देवराली बुथबाट प्रशान्त शर्मा, विराज राई, किरण लेप्चा, नगेन्द्र छेत्री, धनकुमार राई र अन्यहरु उपस्थित रहेका थिए। त्यसरी नै एनएसके बुथबाट रुपेश देवान, नरेस राई साथै अन्य, चिम्नी बुथबाट दिनेश लामा, सुवास तामाङ, मिङमा शेर्पा र अन्य सदस्यहरु उपस्थित रहेका थिए।

सभामा सबै बुथ प्रतिनिधिहरुद्वारा आआफ्नो बुथकाे रिपोर्ट राखिएको थियो साथै सबैले यसपाली सर्वसम्मतिले खरसाङ विधानसभा क्षेत्रमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको उम्मेदवार अमर लामालाई भारी बहुमतले जिताउने निर्णय गरेको जानकारी प्राप्त भएको छ।सभालाई समष्टि सभापति एवं सभासद श्याम शेर्पा, पञ्चायत समिति सदस्य दिनेश तामाङ, विष्णु छेत्री, विराज राई, समीर राईले वक्तव्य राखेका थिए।

About Author

Advertisement