खरसाङ: सभासद श्याम शेर्पाको पहलमा खरसाङ नगरपालिका भवनमा १ देखि २९ नम्बर वार्डसम्मका समस्त बीएलओ अनि बीएलएहरूलाई सम्बर्ध्दना जनाइएको छ। २८ नम्बर खरसाङ चिमनी देवराली समष्टिको सभासद श्याम शेर्पाद्वारा सम्बर्द्धना सबैलाई सम्बर्ध्दना जनाइएको छ। प्रशान्त शर्माद्वारा सञ्चालन गरिएको कार्यक्रममा विशेष गरेर सामाजिक कार्यकर्ता मोहन गुरूङ, लक्ष्मण गुरुङ, किशोर लिम्बु, सुस्मा थापा, दिनेश लामा, विवेक गुरुङ, प्रेम बम्जन, विमल मुखिया, अनिल राई, गोपाल प्रधान, कैलास सेवा, विरेश लामा अनि नगरपालिका उपाध्यक्ष सुवास प्रधान साथै अन्यहरु उपस्थित थिए। सभासद श्याम शेर्पाले सबै बीएलओ अनि बीएलएहरूलाई उनीहरूले गरेको कार्यको निम्ति धन्यवाद टक्राएका छन्। सबै बीएलओहरूले पनि एसआईआरको समयमा भएको असुविधाहरूबारे विवरण दिएका थिए। कार्यक्रमलाई सभासद श्याम शेर्पा र खरसाङ नगरपालिकाको उपाध्यक्ष सुवास प्रधानले सम्बोधन गरेका थिए। कार्यक्रममा उपस्थित अतिथिहरुकाे बहुलीबाट सबै बीएलओ र वीएलएहरुलाई खदार्पणसहित उपहार प्रदान गरेर सम्बर्द्धना जनाइएको छ।










