सभासद श्याम शेर्पाको पहल र अनित थापाको सहयोगमा खरसाङ महाविद्यालयको खेलकूद मैदानको विस्तार कार्यको शुरु

IMG-20250228-WA0217

खरसाङ: क्षेत्रीय सभासद श्याम शेर्पाको पहल र जीटीए प्रमुख कार्यपाल अनित थापाको सहयोगमा खरसाङ महाविद्यालयको खेलकूद मैदानलाई विस्तार गरिने कार्य शुरु गरिएको छ। यस क्षेत्र वरिपरिका खेलकुद प्रेमीहरुलाई प्रोत्साहित गर्न हेतु गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका २८ नम्बर खरसाङ चिमनी देवराली समष्टिका सभासद श्याम शेर्पाकोे पहलमा खेलकूदलाई महत्व दिँदै उनकोे निजी कोषबाट विधिपूर्वक भूमि पूजन गरेर मैदानकोे चौडा गर्ने कार्य शुरू गरिएको छ। आजको यस भूमि पूजन कार्यक्रमबाटट खरसाङ महाविद्यालयका प्राचार्य डा समीर बलले यो मैदान महाविद्यालयकोे मात्र नभएर सम्पूर्ण वरीपरिका खेलप्रेमी लगायत समाजको निम्ति एउटा ठूलो धरोहर हो र यसलाई बचाएर राख्न र सम्हालेर राख्ने हामी सम्पूर्णकै कर्तव्य हो भनी बताएका छन्। खरसाङ महाविद्यालयकाे पक्षबाट मैदानकोे विस्तार गरिदिएकोमा सभासद श्याम शेर्पालाई धन्यवाद दिएका छन्।

सभासद श्याम शेर्पाले खरसाङ महाविद्यालयकाे प्राचार्यलाई मैदान चौडाकोे कार्य हेतु अनुमति दिएकोमा धन्यवाद दिँदै यो मैदानले सम्पूर्ण यस भेगका पाठशाला, स्कूल वरिपरिका वार्डहरुलाई लगायत सम्पूर्ण खरसाङलाई नै विभिन्न खेलहरुकाे आयोजन गर्नुमा सजिलो हुन्छ र यसलाई बचाउने जिम्मेवारी पनि हाम्रै हो भनी बताएका छन्। उनले विगतमा यो मैदानमा सुरक्षा घेरा लगाएको थियो तर तोडेर चोरी गरेर लगियो र अब फेरि जीटीएको मुख्य कार्यपाल अनित थापाकाे कुशल नेतृत्वकोे फलस्वरूप नै आज पुनः यस मैदानकाे विस्तार हुँदैछ र मैदानलाई विस्तारसंगै फेन्सिङ पनि लगाइने छ र कसैले पनि यसलाई तोड्ने भत्काउने कार्य गरेकाे थाहा पाइए उनीहरूमाथि कठोर रूपमा कानूनी कार्यवाही गरिनेछ भन्दै आजको यस कार्यक्रम उपस्थित भईदिएकोमा सम्पूर्णलाई धन्यवाद दिएका‌ छन्।

आजको यस भूमि पूजन कार्यक्रममा चिम्नी देवराली पञ्चायात समिति सदस्य दिनेश तामाङ, २८ नम्बर समष्टिका उपाध्यक्ष अजित मोक्तान, सह सचिव तथा वार्ड नम्बर एकका संयोजक विकाश तामाङ, २८ नम्बर समष्टि नारी शक्तिका अध्यक्षा सुष्मा मुखिया, सांगठनिक सचिव ललिता छेत्री, आठ नम्बर वार्डको सभापति सुभाष राई, नारी शक्तिका अध्यक्षा चित्रकला लामा एंव अन्य प्रतिनिधिगण साथै छ नम्बर वार्डबाट सञ्जय मुखिया तथा वार्ड प्रतिनिधि लगायत ग्राम सुधार समितिको सभापति युएस तामाङ, शेर्पा वेलफेयर सोसाइटीका प्रतिनिधिहरु, सदभावना संघका प्रतिनिधिहरु हरिजन कल्याण समितिका सल्लाहकार भोला राउत, डा. अम्बेडकर ग्राम सुधार समितिका प्रतिनिधिहरु साथै मूल सचिव सञ्जय राउत उपस्थित थिए।

About Author

Advertisement