सभासद श्याम शेर्पाको पहलमा नानीहरूलाई लिएर खरसाङ देवराली समष्टी स्तरीय आर्ट प्रतियोगिता सम्पन्न

IMG_20221016_191546.jpg

खरसाङ: खरसाङ देवराली समष्टिको सभासद श्याम शेर्पाको पहलमा नानाहीरूलाई लिएर खरसाङ देवराली समष्टी स्तरीय आर्ट प्रतियोगिता वार्ड नम्बर तीन अन्तर्गत सन्त जोसेफ कन्या प्राथमिक पाठशालामा सम्पन्न भएको छ। उक्त आर्ट प्रतियोगितामा दुई क्याटोगरीमा विभक्त गरेर आयोजनामा गरिएको थियो। यस अन्तर्गत जुनियर क्याटोगरीमा 5 वर्षदेखि १० वर्षसम्मकाहरू ४१ जना र सिनियर क्याटोगरीमा ११ वर्षदेखि १५ वर्षसम्मको ३३ जना गरी जम्मा ७४ जना नानीहरूले सहभागिता जनाएका थिए। उक्त आर्ट प्रतियोगितामा निर्णायकको रुपमा पिटर लेप्चा, रबि तामाङ, जीवन विश्व, सुदिप भुजेल, झुमा राणा लेप्चा आदि थिए।

आर्ट प्रतियोगितामा निर्णायकहरूको निर्णय अनुसार जुनियर क्याटोगरीमा प्रथम शदिका सारा सुन्दास, दोस्रो रेहान राई, तेस्रो बन्सिका प्रधान भएका छन्। त्यसरी नै सिनियर क्याटोगरीमा प्रथम कोमल राई, दोस्रो कासाङ तामाङ र तेस्रो साङ डोमा तामाङ भएका छन्। प्रतियोगितामा अंश ग्रहण गर्ने सबैलाई एक कार्यक्रमबीच पारितोषिकस्वरूप सबैलाई प्रमाण पत्र अनि पहिलो दोस्रो र तेस्रो हुनेहरूलाई प्रमाण पत्रसहित ट्रफी पनि वितरण गरिएको छ। कार्यक्रमलाई आदेश गुरुङले सञ्चालन गरेका थिए। कार्यक्रममा सभासद श्याम शेर्पा, सन्त जोसेफ कन्या प्राथमिक स्कूलकी सिस्टर संगीता एफसी लगायत अन्य सिस्टरहरू र पार्टी कार्यकर्ताहरु उपस्थित रहेका थिए। कार्यक्रमपछि पत्रकारहरूसित कुराकानी गर्दै सभासद श्याम शेर्पाले आज २८ नम्बर खरसाङ देवराली समष्टिको आयोजनामा नानीहरूलाई लिएर आर्ट प्रतियोगिता सन्त जोसेफ कन्या स्कूलमा आयोजना गरिएको बताएका छन्। उनले नानीहरूलाई लिएर प्रोत्साहन गर्नलाई आज आर्ट प्रतियोगिता आयोजना गरिएको र भविष्यमा युवाहरूलाई लिएर कार्यक्रम गरिने पनि बताएका छन्। उनले आजको आर्ट प्रतियोगितामा सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका छन्।

सभासद श्याम शेर्पाले भने, हामीले आज नानीहरूसित राम्रो कुराको लागि समय बिताउन पाउँदा खुशी लागेको छ। नानीहरूले आफ्ना विचारहरू चित्रमा कुशलताको साथमा उतारेको छ र हामीलाई यसरी नानीहरूलाई प्रोत्साहन गर्न पाउँदा खुशी लागेको छ। त्यसरी नै सन्त जोसेफ कन्या प्राथमिक स्कूलकी सिस्टर संगीता एफसीले आर्ट प्रतियोगिता आयोजनाको लागि खरसाङ देवराली समष्टीका सभासद श्याम शेर्पाप्रति आभार प्रकट गरेका छन्। उनले यसरी नानीहरूले मौका पाएको र नानीहरूले विभिन्न विषयहरूमा सचेतनामूलक चित्रहरू बनाएर राम्रो काम गरेको पनि बताइन्। यस कार्यक्रममा भागोप्रमो टाउन कमिटीको प्रचार प्रसार सचिव बीरबल पाख्रीन, पूर्व वार्ड पार्षदिका सन्ध्या लेप्चा लगायत वार्ड स्तरीय पदाधिकारीहरू र २८ नम्बर खरसाङ देवराली समष्टिका युवा शक्तिको दिपेस थापा लगायत युवाहरू अनुप तामाङ, निश्चल खवास, वार्ड नम्बर तीनको भागोप्रमोको प्यारेन्ड बडी, युवा शक्ति, नारी शक्तिको पदाधिकारीहरू उपस्थित रहेका थिए।

About Author

Advertisement