सभासद मिलेस राईलाई मिरिक टाउन कमिटीको संयोजक पद

MILES.jpg

मिरिक: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रीय समितिले मिरिकमा संगठनलाई बलियो बनाउँनको लागि ६ जनाको कोर टीम तयार पारेको छ। उक्त कोर टीममा भूतपूर्व सभासद फूबी राई, कार्यकारी सभासद अरूण सिग्ची, मिरिक थर्बु डुप्टिन समष्टि सभासद एवं मिरिक महकुमा अध्यक्ष मिलेस राई, सियोक गोपालधारा ओकाइटी समष्टि सभासद धुर्ब बम्जन, सुकुना पानीघट्टा समष्टि सभासद परेस तिर्की, पञ्चायत समिति सदस्य समीर राई र भागोप्रमो केन्द्रीय सदस्य सतीस थापा रहेका छन्। यी कोर टीमका सदस्यहरूबाट सभासद मिलेस राईलाई मिरिक टाउन कमिटीको संयोजक अनि सभासद धुर्ब बम्जनलाई मिरिक महकुमाको संयोजकका रूपमा चयन गरेको छ। भागोप्रमो मिरिक महकुमा अध्यक्ष पदमा रहेका सभासद मिलेस राईलाई मिरिक टाउन कमिटी गठनार्थ संयोजक चयन गरेपछि तिनले आफुलाई पार्टीले दिएको दायित्वलाई निष्ठापूर्वक पालन गरेर मिरिकमा भागोप्रमो-लाई बलियो बनाउँने प्रतिबद्धता प्रकट गरेका छन्। तिनले आपसी तालमेल र एकता कायम राखेर संगठनलाई दह्रिलो बनाइने बताएका छन्।

About Author

Advertisement