सभासद मिलेस राईको पहलमा गाई- बाख्राको टीकाकरण

Screenshot_20230510_161539_Samsung-Internet.jpg

मिरिक: मिरिक बस्ती क्षेत्रमा विशेष गरेर घरमा पालेका गाई बाख्राहरू भकाभक मर्न थालेको खबर छ। यो खबर पाउनसाथ मिरिक थर्बु इप्टिन समष्टिका सभासद मिलेस राईले यस विषयमा सक्रिय बनेर विभागीय अधिकारी अनि सम्बन्धित चिकित्सकहरूसित सम्पर्क गरेर गाई बाख्राहरूलाई टीकाकरण गराउने कार्य गरिरहेको छन्। सभासद मिलेस राईले बताए अनुसार आफूले यस विषयमा गहन अध्ययन गरिरहेको अनि विशेषज्ञ चिकित्सकहरूसित पनि सम्पर्क गरेर निदानको उपाय खोजीरहेको बताए।

तिनले यदि कसैको पनि गाई बाख्रा बिरामी भए सो विभागीय अधिकारी अनि चिकित्सकहरूसित सल्लाह लिने अनुरोध गरेका छन्। तिनले भने, गाई बाख्रामा देखा परेको रोगबारे पशुपालकहरूलाई धैर्यसित काम गर्ने आव्हान गर्नको साथै जसले पनि पशुहरूको बीमा गरेका छन तिनीहरूलाई क्षतिपूर्ति दिलाउने कार्य पनि गरिनेछ।

About Author

Advertisement