सभासद मिलेश राईको अगुवाईमा साप्ताहिक सफाई अभियान जारी

मिरिक: थर्बु डुप्टिन समष्टिका सभासद मिलेश राईको अगुवाईमा हाल प्रत्येक हप्ताको शनिबार र आइतबार सफाई अभियान सम्पन्न भइरहेको छ। यसैक्रममा शनिबार पनि उनकै उपस्थितिमा मिरिक बस्तीमा सफाई अभियान सम्पन्न भयो। यसक्रममा पत्रकारहरूसँग कुराकानी गर्ने भागोप्रमो शाखा अध्यक्ष ओमकार सुब्बाले भने, सभासद मिलेश राईको नेतृत्वमा भइरहेको सफाई अभियान जारी रहेको छ। आज हामीले रक्त खोला परिसरमा रहेको मिरिक बजारदेखि बस्तीलाई जोड्ने प्रमुख सडकको नाला सफा गर्ने कार्य गर्यौ भने। हाम्रो यो अभियानमा हाल मानिसहरू स्वयं सेवकको रूपमा अंशग्रहण गर्दै आइरहेका छन्।

यसका साथै सभासद स्वयंको उपस्थितिले हामीलाई अझै उर्जा प्राप्त भएको छ भने। यता थर्बु डुप्टिन समष्टिका सभासद मिलेश राईले भने, हामीले एकतिर सफाई अभियान गर्दै आइरहेका छौ तर अर्कोतिर कतिपय मानिसहरूले सडकको नाला भएको स्थानहरूमा गिटी, बालुवा, ढुङ्गा इत्यादि राखिदिने गरेका छन्।

तथापि सडकको नजिकमा उनीहरूको निजी जमिन रहे तापनि यसरी सडक किनारमा रहेको नालामा यसप्रकारका सामाग्रीहरू राखिदिँदा नाला बाधित हुन्छ भने नालामा वहनु पर्ने पानी सडकमा पानी बहेपछि पैह्रो जाने अधिक शंका हुने गरेकोले कसैलाई पनि सडक किनारमा रहेको नालामा यस प्रकारको सामाग्रीहरू राखिदिने आह्वान गर्दछु भने।

About Author

Advertisement