सभासद प्रणाम रसाइलीद्वारा लङ्भ्यु परिवर्तन मुभमेन्टका सदस्याहरूसित भेट

IMG-20230425-WA0244.jpg

खरसाङ: लंगभ्यू परिवर्तन मुभमेन्टद्वारा यहाँको वृद्ध तुले तामाङको घर निर्माण गरिदिईरहेको थाहा पाएपछि संस्थाका सदस्याहरूलाई यस्तो सराहनीय कार्य गरेकोमा बधाई अनि धन्यवाद दिन जीटीएका मनोनित सभासद प्रणाम रसाइली आज खरसाङ खण्ड अन्तर्गत लंगभ्यूमा रहेको तुले तामाङको घरमा पुगेरा थिए। त्यहाँ तिनले घर निर्माणको काम गरिरहेका लंगभ्यू परिवर्तन मुभमेन्टका सदस्याहरूसंग भेट गरे औं यस महत कार्यको निम्ति धन्यवाद दिँदै मुभमेन्टकी संस्थापिका सेमिका लामालाई खदा लगाइदिएका थिए। रसाइलीले तुले तामाङ अनि तिनकी पत्नीलाई पनि बधाई दिँदै खदा लगाई दिए। यस अवधि सेमीका लामाले प्रणाम रसाईली केवल राजनीति नेता मात्र नभएर उनी एकजना सामाजिक कार्यकर्ता रहेको जनाइन्।

About Author

Advertisement