सभासद कल्पना प्रधानद्वारा वचन पूरा गर्दै लङ्भ्युको साई मन्दिरदेखि बरबटेसम्म जाने रोडको शिलान्यास

IMG-20230415-WA0333.jpg

खरसाङ: खरसाङको पंखाबारी लंगभ्यु अम्बटे समष्टिको सभासद कल्पना प्रधानले चुनाव अवधिमा दिएको वचन पूरा गर्दै लंगभ्यु क्षेत्रको जीवन रेखा मानिने साई मन्दिरदेखि बरबटेसम्म जाने अति नै जीर्ण अवस्थामा रहेको बाटोको मरमत्ती कार्यको शिलान्यास गरेका छन्। उनले विविध पूजा अर्चनासहित उक्त रोडको शिलान्यास गरेका छन्। जीटीएको कार्यकारी सभासद श्रीमती कल्पना प्रधानले विगत जीटीए चुनाव अवधिमा क्षेत्रवासीलाई चुनाव जितेको खण्डमा बाटोको मरमत्ति गरिदिने वचन दिए अनुसार उक्त वचन आज आएर पूरा भएको छ। उनले आज साई मन्दिर नजिक बाटोको मरम्मति कार्यको विविध पूजा अर्चना गरिन् साथै यस कार्यको निम्ति जीटीए प्रमुख कार्यपाल साथै इन्जीनियरिङ्ह विभागप्रति आभार व्यक्त गरिन्। उनले ग्रामवासीलाई बाटोको मरमत्ति कार्यमा ठेकेदारलाई सहयोग गरिदिने अनुरोध गरिन् साथै बाटोको मरमत्तिको कार्य गुणस्तरीय हुनपर्ने पनि ठेकेदारलाई जनाइन्। उनले विभागीय इन्जीनियर पक्षलाई बाटोको मरमर्त्ति कार्य गर्दा कतिपय स्थानमा बाटोको चौडाई बडाइदिने पनि आग्रह गरिन्।

सभासद कल्पना प्रधानले बाटोको मरम्मति कार्यको थालनी भएकोमा क्षेत्रवासीलाई बधाई दिइन् साथै नेपाली नव बर्ष २०८० को सबैमा शुभकामना व्यक्त गरिन्। लंगभ्यु क्षेत्र अन्तगर्त पर्ने गोदामधुरा, मन्सीधुरा, रमिते साथै बरबटेको बाटो विगत धेरै वर्षदेखि जीर्णावस्थामा रहेको थियो जसको कारण यो बाटो भएर दैनिक रूपमा यात्रा गर्ने मानिसहरू,विद्यार्थीवर्ग साथै रोगीहरूले धेरै कठिनाईको सामना गर्नु परिरहेको थियो। बाटोको मरमत्ति कार्यको थालनीले क्षेत्रवासी साथै गाडी चालकहरूमाझ खुसीको लहर छाएको छ साथै यस कार्यको निम्ति सम्पूर्ण ग्रामवासीको पक्षबाट जीटीए प्रमुख कार्यपाल अनित थापा साथै क्षेत्रीय सभासद कल्पना प्रधान प्रति आभार प्रकट गरेका छन्। आज सम्पन्न बाटोको मरमत्ति कार्यको शिलान्यास कार्यक्रममा समष्टि सचिव ललित प्रधान, समष्टि प्रचार प्रसार सचिव जिनोद परिवार, लंगभ्यु संयोजक मौसम लामा, हिल तराई डुवर्स प्लानटेशन लेबर युनियन लंगभ्यु युनिट सभापति सन्तोस गोले, खरसाङ महुकमा समिती कोषाध्यक्ष सुरज लामा, खरसाङ इन्जीनियर विभाग सह-अभियान्त दिपेन प्रधान, देवसिस लामा, ठेकेदार उत्तम छेत्री सुरज प्रधान लगायत लंगभ्यु क्षेत्र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

About Author

Advertisement