सबै स्मारक, संग्रहालयमा १५ अगस्टसम्म नि:शुल्क प्रवेश: केन्द्र सरकारको घोषणा

Red-Fort-1

नयाँ दिल्ली: भारतको स्वतन्त्रताको ७५ वर्षको उपलक्ष्यमा ‘आजादी का अमृत महोत्सव’ मनाइँदैछ। प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा देशभर ‘हर घर तिरंगा’ पर्व शुरु भएको छ। जुन २ अगस्तदेखि १३ अगस्तसम्म चल्नेछ। यसै क्रममा अब केन्द्र सरकारले सर्वसाधारणलाई स्वतन्त्रताको यो पर्वसँग जोड्न र उनीहरुमा देशभक्तिको भावना बढाउन अर्को ठूलो निर्णय गरेको छ। भारतीय पुरातत्व सर्वेक्षणले सबै स्मारक, पुरातात्विक स्थल र संग्रहालयहरूलाई दर्शकहरुका लागि १५ अगस्तसम्म निःशुल्क गर्ने घोषणा गरेको छ।

About Author

Advertisement