सबै प्रारूपमा वेष्ट इण्डिजको प्रशिक्षक बने डेरेन सेमी

IMG-20241217-WA0214

पोर्ट अव् स्पेन: क्रिकेट वेष्ट इण्डिज (सीडब्ल्यूआई)-का निदेशक माइल्स बेसकम्बले डेरेन सेमीलाई वेष्ट इण्डिज क्रिकेट टीमको सबै प्रारूपका मुख्य प्रशिक्षक नियुक्त गरे। उनले अप्रेल २०२५-मा वर्तमान टेस्ट प्रशिक्षक आन्द्रे कोलेको स्थान लिनेछन्। सीमित ओभरहरूका प्रशिक्षक डेरेन सेमीले सबै प्रारूपका प्रशिक्षक नियुक्त गरिएपछि भने, कुनै पनि प्रारूपमा, कुनै पदमा वेष्ट इण्डिज क्रिकेटको प्रतिनिधित्व गर्नु मेरो निम्ति सदा सम्मानको कुरा रह्यो तर मैले यस खबरको कहिले कल्पना गरेको थिइनँ। मैले कहिले प्रशिक्षक बन्ने सोचेको थिइनँ तर टीमसँग बिताएको केही समयपछि मलाई यस कामसँग माया भएको छ। म आफ्नो नयाँ भूमिका र नयाँ यात्रालाई लिएर उत्साहित छु। सेमीको कार्यकालमा मई २०२३-देखि वेष्ट इण्डिजले २८-मा १५ वटा वनडे म्याच जितेको छ। यसरी टीमले यस अवधि ७ मा ४ वटा द्विपक्षीय सीरीज जितेको छ। यसरी टी२० इण्टरनेशनल प्रारूपमा पनि टीमले भारत, ईंग्ल्याण्ड र दक्षिण अफ्रिकाविरुद्ध ४ वटा घरेलु सीरीज जितेको छ। समग्रमा टीमले यस अवधि ३५ वटा टी२० म्याच खेलेर २० वटा जितेको छ।

About Author

Advertisement