सबैको मन जित्न पावरफुल प्रोसेसर अनि ८०वाट फास्ट चार्ज भएको आईकू नियो ६ लञ्च

IMG-20220601-WA0102.jpg

१ जूनः आईकू नियो ६ (iQoo Neo 6) स्मार्टफोनलाई भारतीय बाजारमा ग्राहकहरूका निम्ति लञ्च गरिएको छ। यसको महत्त्वपूर्ण विशेषताहरूको कुरा गर्दा यस लेटेस्ट स्मार्टफोनलाई ३६० हर्ट्ज टच सेम्पलिंग रेट, लिक्विड कूलिंग भेपर चेम्बर र ८० वाट फ्ल्याश चार्ज सपोर्ट जस्ता खुबीहरूका साथ बजारमा ल्याइएको छ। यहाँ तपाईंहरूलाई आईकू नियो ६ को भारतमा मूल्यदेखि लिएर फीचर्स र लञ्च अफर्सबारे जानकारी उपलब्ध गराइँदैछः
आईकू नियो ६-को स्पेशिफिकेशन्सः
सफ्टवेयर: फोन एण्ड्रोयड १२ मा आधारित फनटच ओएस १२ मा काम गर्छ।
डिस्प्ले: फोनमा ६.६ इञ्चको फुल-एचडी प्लस ई4 एमोलेड डिस्प्ले रहेको छ, जसले ३६० हर्ट्ज टच सेम्पलिंग रेट अफर गर्दछ।
क्यामेरा: फोनको ब्याक प्यानलमा तीनवटा रियर क्यामेरा छ, ६४ मेगापिक्सल Samsung ISOCELL GW1P प्राइमरी क्यामेरा, साथमा ८ मेगापिक्सल वाइड-एंगल क्यामेरा र २ मेगापिक्सल मेक्रो क्यामेरा सेन्सर दिइएको छ। सेल्फीको निम्ति १६ मेगापिक्सलको फ्रण्ट क्यामेरा सेंसर दिइएको छ।
प्रोसेसर: स्पीड र मल्टीटास्किंगको निम्ति स्न्यापड्रेगन ८७० चिपसेटको साथ लिक्विड कूलिंग भेपर चेम्बर दिइएको छ, जसले इम्प्रूव्ड थर्मल मैनेजमेंट प्रदान गर्दछ।
ब्याटरी: ८० वाट फास्ट चार्ज सपोर्टको साथ ४७०० एमएएच ब्याटरीको साथ फोनलाई निर्धक्क भएर घण्टौं प्रयोग गर्न सकिनेछ।
कनेक्टिभिटी: फोनमा यूएसबी टाइप-सी पोर्ट, ५जी, वाई-फाई, ४जी एलटीई, जीपीएस र ब्लूटूथ भर्जन ५.२ सपोर्ट दिइएको छ। सुरक्षाको निम्ति फोनमा इन-डिस्प्ले फिंगरप्रिण्ट सेंसर दिइएको छ।
भारतमा आईकू नियो ६-को मूल्यः
फोन दुईवटा रंगमा उपलब्ध छ, डार्क नोवा र साइबर रेज। यस आईकू मोबाइल फोनको ८ जीबी ऱ्यामको साथ १२८ जीबी भेरिएंटको मूल्य २९,९९९ रुपियाँ रहेको छ। फोनको १२ जीबी ऱ्याम/२५६ जीबी स्टोरेज भेरिएंटको दाम ३३,९९९ रुपियाँ रहेको छ।
उपलब्धताको कुरा गर्दा फोनको बिक्री कम्पनीको आधिकारिक साइटबाहेक अमेजोन (Amazon) मा शुरु भइसकेको छ। लञ्च अफर्सको कुरा गर्दा ५ जूनसम्म अफर्सको फाइदा उठाउन सकिनेछ, आईसीआईसीआई ब्यांक क्रेडिट-डेबिट कार्ड्स र ईएमआई ट्रान्जेक्शनमा ३००० रुपियाँको डिस्काउण्ट प्राप्त हुनेछ। यसबाहेक १००० रुपियाँको अमेजोन कूपन डिस्काउण्ट र पुरानो फोन दिए ३००० रुपियाँको एक्सचेञ्ज डिस्काउण्ट पनि रहनेछ।

About Author

Advertisement