टीआरआई समाचार
काठमाडौं: अभिनेता सबिन श्रेष्ठ र अभिनेत्री अनु शाह ‘रियल’ प्रेमजोडी हुन्। यो जोडी लामो समयदेखि प्रेममा छन्। अहिले यिनै प्रेमी सबिनले प्रेमिका अनुलाई समर्पित गर्दै म्यूजिक भिडियो ‘तिमी टाढा’ को निर्देशन गरेका छन्। सबिनको यो डेब्यू निर्देशन हो। गीतमा सनिस श्रेष्ठको स्वर, लेखु सहयात्रीको सङ्गीत तथा विषम आचार्यको एरेन्ज, मिक्सिङ र मास्टरिङ छ।
भिडियोमा सबिन र अनु नै फिचर्ड छन्। गोदावरीमा छायांकन गरिएको भिडियोमा सबिन र अनुको खुलेको प्रेम देखाइएको छ। उनीहरु निकै रोमान्टिक मुडमा छन्। भिडियोमा चिरायु शाक्यको छायांकन, वीरबहादुर थारुको सम्पादन र कलर, कविराज गहतराजको कोरियोग्राफी छ। भिडियोका कार्यकारी निर्माता रविन आचार्य हुन्। भिडियो सबिन श्रेष्ठ भ्लग्स च्यानलबाट सार्वजनिक गरिएको छ।









