सफाई अभियानमा जुटे सभासद मिलेस राई

मिरिक: शनिबार मिरिक थर्बु डुप्टिन समष्टी मिरिक क्षेत्र पीएचई अनि कृषि विभागका भारप्राप्त सभासद मिरिक बस्ती रावत खाेलामा स्थानीय युवाहरूकाे साथमा सफाई अभियानमा निस्किए। विहान नै रावत खाेला पुगेका सभासद राईले स्थानीय मानिस अनि युवाहरूकाे साथमा केही समय अघि झरेकाे पैह्राे, नाला अनि झाेडाहरूकाे सफाईमा सक्रिय बने। मिरिक बस्ती अनि मरमा चियाकमानकाे जीवन रेखा मानिने मिरिक बस्तीकाे सडक रावत खाेला नगीज विगतमा ठूलाे पैह्राे झरेपछि केही समयसम्म यातायात ठप्प भएकाे थियाे।उक्त पैह्राेमा सुरक्षा पर्खाल निर्माण भएपछि यातयात सुचारू बनेकाे छ। साेही ठाँउनेर फेरि पैह्राे झरेर सडकमा अवराेध सृजना गर्ने सम्भावना देखापरेपछि शनिवार सभासद मिलेस राई स्थानीय युवाहरूकाे साथमा सफाईमा जुटेका हुन।यस अवसरमा बाेल्दै सभासद मिलेस राईले भने म कर्ममा विश्वास गर्ने मानिस हाे। कतै समस्या छ र आफूले गर्न सक्छु भने भाैतिकरूपमा काम गर्नेछु भने।तिनले मिरिक बस्तीकाे सडक सुचारू रहाेस अनि पानी, भेल ब्यावस्थित भएर बगाेस भनेर नै आफू सफाई निस्किएकाे बताए।सभासद मिलेस राईकाे उक्त कार्यलाई स्थानीय मानिसहरूले प्रशंसा गर्दै सभासदकाे ब्यावहारिक कार्यले सडक सुचारू रहन ठूलाे सहयाेग भएकाे बताए। स्थानीय मानिसहरूले यस कार्यकाेलागि सभासद मिलेस राईप्रति आभार पनि प्रकट गरे।

About Author

Advertisement