सफलताको भोक भएका खेलाड़ीहरूलाई मात्र मौका दिने पक्षमा रोहित

IMG-20240227-WA0268.jpg

राँची: भारतीय क्रिकेट टीमका कप्तान रोहित शर्माले कठोर मेहनत नगरी राष्ट्रिय टीममा स्थान बनाउने सपना देख्ने दावेदारहरूलाई कठोर सन्देश दिँदै सबैभन्दा कठिन प्रारूपमा सफलताको भोक देखाउने खेलाड़ीहरूलाई मात्र मौका दिइने बताए। भारतले सोमवार यहाँ चौथो टेस्ट म्याचमा ईंग्ल्याण्डलाई ५ विकेटले पराजित गरी घरेलु माटोमा लगातार १७औं टेस्ट सीरीज जित्यो। सरफराज खान, ध्रुव जुरेल, यशस्वी जयसवाल र आकाश दीप जस्ता युवा खेलाड़ीहरूले टीमको जीतमा महत्त्वपूर्ण भूमिका निर्वाह गरे। यी खेलाड़ीहरूका प्रदर्शनसँग रोहितलाई खुशी देखियो। यसको साथमा भारतीय कप्तानले उनी टीममा कस्तो प्रतिभा चाहन्छन् भन्ने पनि स्पष्ट गरे। म्याचपछि रोहितले भने, सफलताको भोक रहनेका खेलाडीहरूलाई मात्र मौका दिइनेछ। केही गरेर देखाउने भोक नै नरहे उनीहरूलाई खेलाउने कुनै अर्थ रहँदैन।
ईशान किशन र श्रेयस अय्यरले केही दिन अघि रणजी ट्रफीका म्याचहरू खेल्न अस्वीकार गरेका थिए। त्यसपछि भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-ले पनि खेलाड़ीहरूका निम्ति घरेलु क्रिकेट खेल्ने आदेश जारी गरेको थियो। भारतीय कप्तानले भने, मैले यस टीममा सफलताको भोक नभएको कुनै खेलाड़ी देखेको छुइनँ। अहिले टीममा रहने सबै खेलाड़ीहरू खेल्न चाहन्छन् तर टेस्ट क्रिकेटमा धेरै कम्तीलाई मौका प्राप्त हुन्छ। यसैकारण प्राप्त भएको मौकालाई काममा लगाउनु पनि जरूरी हुन्छ। टेस्ट क्रिकेट खेलको सबैभन्दा कठिन प्रारूप हो। यसैकारण यस प्रारूपमा उत्कृष्टता र सफलता हासिल गर्न चाहे तपाईंमा भोक रहनु पर्छ।

About Author

Advertisement