सप्ताहव्यापी उद्यम पञ्जीकरणमा उद्यमीहरुको उत्साही सहभागितका

IMG-20251018-WA0215

पाकिम: सिक्किम सरकारको उद्योग एवं वाणिज्य विभागअन्तर्गत जिल्ला उद्योग केन्द्र,को पहलमा सप्ताहव्यापी उद्यम पञ्जीकरण अभियान शुरू गरियो।
यस अभियानअन्तर्गत ११० जनाले उदयममा आफ्नो नाम पञ्जीकरण गराए। जसमा याक्तेन, अम्बा, ताजा, पूर्व पाण्डाम, पारखा र पाचे सामसिङका प्रतिनिधिहरु सामेल रहेका थिए।
यस अभियान शुरू गर्नुको मुख्य उद्देश्य तृणमूलस्तरका उद्यामीहरूलाई उद्यमको निम्ति पञ्जीकरण गराउनु साथै उनीहरूलाई यस योजनाबारे जानकारी गराउनु रहेको थियो।
यस अभियानअन्तर्गत राज्य र केन्द्र सरकारद्वारा शुरू गरिएको विभिन्न प्रकारको योजनाहरु ग्रामीण उद्यामी कार्यक्रम, प्रधानमन्त्री रोजगार सृजना कार्यक्रम लगायत अन्य धेरै योजनाहरू सामेल रहेको छ। सप्ताहव्यापी उद्यम अभियानमा वाणिज्य एवं उद्योग विभागका अध्यक्ष निम छिकी शेर्पा लगायत विभिन्न विभागका अधिकारीहरू सामेल रहेका थिए।

About Author

Advertisement