सन्देशखालीकी एक महिलाद्वारा पुलिसमा उजुरी दर्ता

image

कोलकाता: एउटी महिलाले बिहीबार पुलिसमा तीन पुरुषहरूले उनलाई सन्देशखालीमा रहेको उनको घर बाहिरबाट अपहरण गरेको आरोप लगाएर उजुरी दर्ता गरेको सञ्चारमाध्यमको  समाचारमा उल्लेख छl सन्देशखाली पुलिस चौकीमा दिएको उजुरीमा महिलाले उक्त क्षेत्रमा महिलामाथि हुने अत्याचार ‘झूटो’ भएको भन्दै अदालतमा बताउन दबाब दिएको दाबी गरेकी छन्। ‘उजुरी बिहीबार बिहान २.३० बजे दर्ता गरिएको र एक मुद्दा दर्ता गरिएको छ। अनुसन्धान जारी छ। उजुरीमा तीन जनाको नाम लिएको छ। अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन’, एक वरिष्ठ पुलिस अधिकारीले समाचार संस्थालाई बताएको सञ्चारमाध्यमको समाचारमा उल्लेख छ।

About Author

Advertisement