सन्त मेरिज ग्राम पञ्चायत दुईमा एसआईआरमा ५९ जनाको नाम डिलिट

IMG-20260306-WA0079

पञ्चायत प्रधानद्वारा सहयोगको आश्वासन

सोनादा: खरसाङ खण्ड अन्तर्गत सन्त मेरिज दुई ग्राम पञ्चायत क्षेत्रमा पनि वर्तमानमा चलिरहेको मतदाता विशेष गहन संसोधन एसआईआरको सूचीमा ५९ जनाको डिलिट भएको र ६०७ जनाको नाम (अण्डर एडजुडिकेशन ) न्यायिक जाँचको प्रक्रियामा रहेको पञ्चायत प्रधान सहदेव तामाङले जानकारी गराएका छन्। उनले पत्रकारहरुलाई सम्बोधन गर्दै बताए अनुसार एसआईआरको सूचीमा पहिलादेखि भोट हाल्दै आएको मतदाताहरुको नाम पनि काटिएको छ र रैथानेहरुलाई पनि समस्या भईरहेको छ भने मानिसहरुमा प्यानिक स्थिति सिर्जना भएको जानकारी गराएका छन्। उनले डिलिट भएकाहरुले फारम ६ भरेर बुझाउनु पर्ने र कसैलाई पनि प्यानिक नभईदिने अनुरोध गरेका छन्। उनले अण्डर एडजुडिकेशन अर्थात् विचाराधीन अवस्थामा रहेकाहरुको केही कागज पत्रहरु नमिलेर हुनसक्छ अनि त्यो न्यायिक जाँचको प्रक्रियामा रहेकोले यो समाधान हुने कुरामा आशावादी रहेको बताए।

About Author

Advertisement