सोनादा: टुंग सन्त मेरिज समष्टि अन्तर्गत सन्त मेरिज ग्राम पञ्चायत दुईको सिंगेल चियाबारीको नयाँ धुरामा जीर्णावस्थामा रहेको एक घर पञ्चायत प्रधान सहदेव तामाङले आफ्नो निजी कोषबाट नयाँ घर निर्माण गरिदिएका छन्। गत केही समय अघि पञ्चायत प्रधान सहदेव तामाङले सिंगेल चियाबारीको नयाँधुरास्थित जीर्णावस्थामा रहेको सुबला देवानको घरको निरीक्षण गरेका थिए। उक्त जीर्णावस्थामा रहेको सुबला देवानको घरको निरीक्षणपछि नयाँ घर बनाई दिने वचन दिएका थिए। उक्त वचन अनुसार पञ्चायत प्रधान सहदेव तामाङले सुबला देवानको जीर्णावस्थामा रहेको घरलाई आफ्नो निजी कोषबाट नयाँ निर्माण गरिदिएका थिए। यसै नयाँ घरको उदघाटन जीटीए प्रमुख अनित थापा र टुंग सन्त मेरिज समष्टिकाे सभासद नुरी शेर्पाको विशेष उपस्थितिमा सन्त मेरिज ग्राम पञ्चायत दुईको पञ्चायत प्रधान सहदेव तामाङको बाहुलीबाट रिबन काटेर उदघाटन गरी गृह प्रवेश गराइएको छ। उक्त नयाँ घरको उदघाटनपछि परिवारलाई नयाँ घरको चाबी प्रदान गरिएको जानकारी प्राप्त भएको छ। यस अवसरमा नयाँ घर पाएकोमा सुबला देवान र परिवारले पञ्चायत प्रधान सहदेव तामाङ र जीटीए प्रमुख अनित थापाप्रति आभार प्रकट गरेका छन्।










