सन्त थोमस चर्चमा सात नयाँ फादरहरुको अभिषेक समारोह

IMG-20250525-WA0269

गान्तोक: राजधानी गान्तोकस्थित सन्त थोमस चर्चमा आयोजित एक भव्य समारोहबीच सातजना पुरोहित (फादर) हरूलाई स्वागत गरियो। यस अवसरमा फादरहरुको माता-पिता र आफन्तगणलाई पनि चर्च परिसरमा फूलमाला लगाएर स्वागत जनाइयो। नयाँ अभिषेक भएका फादरहरुमा सियन राई, क्लीटन लेप्चा, ज्वाखिम तामाङ, विनय छेत्री र सिलास लेप्चा, अल्फोन्सी घिमिरे र मार्कुस लेप्चा सामेल थिए। यसबीच सन्त थोमस चर्चका ख्रीस्तभक्तहरूले चर्चको प्रवेशद्वारदेखि भव्य स्वागत जनाएका थिए। समारोहबीच एक पवित्र मिस्सा बलिदान अनुष्ठान सम्पन्न गरियो। स्मरण गराइन्छ, गत ९ अप्रेलको दिन सन्त अगस्टिन स्कूल कालेबुङमा पुरोहितिकी अभिषेक अनुष्ठान समारोहमा सातजना फादरहरुले धर्मगुरु स्टेफन लेप्चाको बाहुलीबाट पुरोहिताईं अभिषेक ग्रहण गरेका थिए। सन्त थोमस चर्चका पल्लीपिता फादर जेराड लेप्चा र सहपल्ली पिता फ्रान्सिस लेप्चाको अगुवाईमा पवित्र मिस्साबलिदान सम्पन्न गरिएको थियो। यस समारोहबीच सन्त थोमस चर्चको प्रेक्ष्य गृहमा चर्चका युवाहरूले एक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। यस अवसरमा चर्चका क्याथोलिक एशोसिएसन, युवा संघ र होली च्याल्डहूडका नानीहरू सन्त थोमस स्कूल र होलीक्रस स्कूलका शिक्षकहरुको पनि सहभागिता थियो।

About Author

Advertisement