सन्तमेरिज दुई ग्राम पञ्चायत स्तरीय नारी शक्ति ब्लक कमिटी गठन

IMG-20250819-WA0107

सोनादा: टुंगो सन्त मेरिज समष्टि अन्तर्गत सिंगेल नयाँधुरा सार्वजनिक भवनमा नारी शक्ति गठनार्थ एक जरुरी सभा सम्पन्न गरियो। भागोप्रमो नारी शक्तिको केन्द्रीय समिति अध्यक्षा अनु प्रधानको विशेष उपस्थितिमा सम्पन्न गरिएको सभामा सन्तमेरिज २ ग्राम पञ्चायत स्तरीय नारी शक्तिको ब्लक कमिटी गठन गरिएको छ। यस नयाँ कमिटीमा सभापति रेश्मा दियाली, उप-सभापतिद्वय चन्द्रकला छेत्री र चन्द्रिका छेत्री, मूल सचिव रेश्मा गुरुङ,सह सचिवा सुष्मा प्रधान, जीना तामाङ, कोषाध्यक्षा भूमिका छेत्री, सल्लाहकार समूहहरुमा पूजा छेत्री, नम्रता राई, बिध्या सुब्बा, निङ्गमा तामङ, शीतल तामाङ अनि अरुणा प्रधान चयन भएका छन्। उक्त सभामा भागोप्रमो खरसाङ महकुमाका नारी शक्ति पदाधिकारीगण, समष्टि सभापति एवं सभासद नुरी शेर्पा, समष्टिका पदाधिकारीगण लगायत स्थानीय प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

About Author

Advertisement