सद्भावना वरिष्ठ नागरिक मञ्चद्धारा भानु जयन्ती पालन

IMG-20250714-WA0131

बलवीर सुब्बा, संगीतकार देवकुमार प्रधान अनि युवाकवि तथा शिक्षक नरेश कटुवाललाई सम्वर्द्धना

सोनादा: सोनादा नीज गाउँस्थित सद्भावना वरिष्ठ नागरिक मञ्चद्धारा एवं २११औं भानु जयन्ती कार्यक्रमको आयोजना गरियो। कुमार योञ्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मुख्य अतिथि अजन सुब्बा रहेका थिए भने विशिष्ट अतिथिहरूमा पूर्व सभासद् महेन्द्र प्रधान, सोनादा ट्राफिक ओसी सबीन दर्नाल, एचपी सुब्बा, अमर शर्मा, रामराज राई, हेमकुमार गुरुङ तथा सोनादा साहित्य संस्थानका सदस्यहरू रहेका थिए। मञ्चका सदस्य बीबी गुरुङद्वारा स्वागत सम्भाषण गरियो भने सुभावना खवासद्वारा स्वागत नृत्य प्रस्तुत गरियो। कार्यक्रममा शरण गुरुङ, हैसियत खालिङ, सागर तामाङ, नेपाल आइडल प्रतियोगी अमन गुरुङ, सिमरन थामीले गीत प्रस्तुत गरे भने सलिम लोहारद्वारा कविता वाचन गरियो।

सोनादा भेकका सेक्सोफोन वादक तिरन सुब्बा अनि सुनिल शर्माद्वारा सेक्सोफोनमा धुन प्रस्तुत गरियो तथा प्रियाञ्जली अनि साथीहरू तथा स्थानिय बाल बालिकाहरूले नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रमको मुख्य आकर्षणको रुपमा अन्तर्विद्यालय रामायण पाठ प्रतियोगिता रहेको थियो जसमा सोनादा क्षेत्रका पाँचवटा विद्यालयहरू सहभागी बनेका थिए। प्रतियोगितामा सोनादा होली क्रस कन्या उच्चतर माध्यमिक विद्यालय प्रथम, सन्त पिटर्स विद्यालय दोस्रो, माध्यमिक शिक्षा केन्द्र तेस्रो, सोनादा उच्चतर माध्यमिक विद्यालय चौथो तथा मुण्डा उच्च माध्यमिक विद्यालयले पाचौँ स्थान प्राप्त गरेको थियो। कार्यक्रममा वयोवृद्ध 96 वर्षीय बलवीर सुब्बा, सुरतरङ्ग संगीत महाविद्यालयका प्राचार्य देवकुमार प्रधान अनि युवाकवि तथा शिक्षक नरेश कटुवाललाई सम्वर्द्धना जनाइयो।

कार्यक्रमका अध्यक्ष कुमार योञ्जनले नेपाली भाषा तथा साहित्यलाई संरक्षण, माया तथा विकास गर्नुपर्ने जिम्मेवारी हामी सबैको हो भन्ने कुरामा जोड दिए। चन्दन लकान्द्रीद्वारा सञ्चालन गरिएको कार्यक्रम अन्तमा मञ्चका सदस्य जे के राईद्वारा धन्यवाद ज्ञापन गरी समापन गरियो।

About Author

Advertisement