सड़क दुर्घटनामा एकजना व्यक्ति गम्भीर रूपमा घाइते

ROAD-ACCIDENT-1.jpg

विधाननगर: सड़क दुर्घटनामा एकजना व्यक्ति गम्भीर रूपमा घाइते भएका छन्। उक्त घटना फाँसीदेवा विधाननगरको ३१ राष्ट्रिय राजमार्गमा भएको हो। उक्त दुर्घटनापछि इलाकामा तनाउको माहौल देखापऱ्यो। प्राप्त जानकारीअनुसार आज बिहान एउटा अनारस बोकेको पिकअप भ्यानलाई १२ चक्के लरीले धक्का दिँदा पिकअप भ्यानका चालक गम्भीर रूपमा घाइते भएका छन्। घटनापछि स्थानीय मानिसहरूको सहयोगमा घाइते चालकलाई उद्धार गरेर अस्पतालमा भर्ना गरिएको छ।
अर्कोतिर, घटनापछि स्थानीय मानिसहरूले राष्ट्रिय राजमार्गमा पथ अवरोध गर्नको साथै उक्त लरी तोड़फोड़ गरेको बताइएको छ। घटनाको खबर पाएर विधाननगर आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर परिस्थिति नियन्त्रित गर्ने प्रयास गरे तापनि आक्रोशित मानिसहरूले पुलिसलाई घेराउ गरेर विरोध प्रदर्शन गरे तरी चालकले घटनास्थलबाट सुइँकुच्चा ठोकेको बताइएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

About Author

Advertisement