सञ्चयन अनि शब्दवासको विधिवत लोकार्पण

IMG-20251119-WA0117

दार्जीलिङ: नरपूर्ण साहित्यिक गुठी दार्जीलिङको आयोजनामा दुई कृतिहरूको लोकार्पण गरियो। यी दुवै कृतिहरू नरपूर्ण साहित्यिक गुठीद्वारा प्रकाशित कृतिहरू हुन्।
समालोचनात्मक लेखहरूको संकलन सञ्चयन अनि प्रताप राईकृत कविता संग्रह शब्दवासको विधिवत लोकार्पण गरियो। आज लोकार्पित सञ्चयनको सम्पादकद्वय डा राजकुमार क्षेत्री, डा नकुल छेत्री रहेका छन् भने सहसम्पादक विकास कार्की रहेका छन्।
उक्त कार्यक्रम नरपूर्ण साहित्यिक गुठीका प्रवर्तक नरबहादुर छेत्रीको अध्यक्षता, प्रतिष्ठा साहित्यकार भानु क्षेत्रीको प्रमुख आतिथ्य, समाजसेवी प्रशान्त वाइबा, साहित्यकार सचिन राई दुमी, साहित्यकार विन्द्या सुब्बा, डा वीणा हाङखिमलगायत खर्साङ बिजनबारी सिलगढी मङपु मिरिक लगायत विभिन्न स्थानबाट आएका भाषाप्रेमी महानुभावहरूको उपस्थिति रहेको थियो।
स्मरण गराइन्छ नरपूर्ण साहित्यिक गुठी आयोजकको पक्षमा बताइए अनुसार पिता नरबहादुर अनि माता पूर्णमाया क्षेत्रीको नामलाई मिलाएर नरपूर्ण साहित्यिक गुठी राखिएको डाक्टर नकुल क्षेत्रीले बताए। नरपूर्ण साहित्यिक गुठी २५ सितम्बर २०१६ मा स्थापित एउटा साहित्यिक गुठी हो भन्ने बताए। यस्तै प्रकारले यस साहित्यिक गुठीले विविध कृतिहरूको प्रकाशन गर्ने, विविध जानकारीमूलक कार्यक्रमहरू गर्ने, भविष्यत अझ विस्तृत रूपमा विभिन्न कार्यक्रमहरू गर्ने सोच राखेको पनि डा. क्षेत्रीले बताए। यसै सन्दर्भमा आज दुईवटा कृतिहरूको लोकार्पण गरिएको पनि उनले आफ्नो मन्तव्यमा बताएका छन्।
आज लोकार्पित समालोचनात्मक कृति सञ्चयनमा विशेषगरी ४२ जना भारत वर्षका विविध प्रान्तमा रहेका साथै साहित्यिक सेवा पुर्‍याइरहेका विभिन्न प्रान्तमा रहेका ४२ समालोचकहरुको संग्रह गरिएको यो कृति रहेको बताए। यसको साथै आज लोकार्पित शब्दबास प्रताप क्षेत्रीद्वारा लिखित कविता संग्रह रहेको र यसै दुई कृतिहरूलाई आजको यस समारोहमा लोकार्पण गरिएको बताए।
आजको सभामा विभिन्न स्थानबाट आएका प्रमुख अतिथि विशिष्ट अतिथि लगायत दर्शक दिर्घामा रहेका सम्पूर्ण दर्शकहरूमा पनि आभार प्रकट गर्दै डा छेत्रीले धन्यवाद ज्ञापन राखेका छन्। आजको दुई कृतिहरूको लोकार्पण समारोहमा उपस्थित सम्पूर्ण अतिथिहरूमा साथै दर्शकहरूमा स्वागत जनाउँदै नरपूर्ण साहित्यिक गुठीको पक्षमा डा गीता क्षेत्रीले आफ्नो स्वागत सम्बोधन प्रस्तुत गरे। कार्यक्रमको दोस्रो चरणमा सम्पादकको पक्षमा डा राजकुमार क्षेत्रीले समालोचनात्मक कृति सङ्कलन सञ्चयनमाथि आफ्नो सारगर्भित वक्तव्य राख्दै समालोचक साथै कृतिमा समावेश श्रष्टाहरुलाई हार्दिक धन्यवाद ज्ञापन गरे। यसपछि लोकार्पित कृति शब्द बासमा रहेका विस्तृत जानकारी गराउँदै पृथ्वीभित्र रहेका जति पनि कविताहरू छन् ती सबै एक नम्बर साहित्यिक कृति हुन्। भन्ने कृतिमाथि साहित्यकार मिलन बान्तवाले आफ्नो मन्तव्य राखे।
यसपछि उपस्थित अतिथिहरूको बाहुलीबाट सर्वप्रथम सञ्चयन कृतिको लोकार्पण गरिएपछि विशिष्ट अतिथि विद्या सुब्बाद्वारा कृति लोकार्पण भएको घोषणा गरे। यसपछि प्रताप क्षेत्रीद्वारा लिखित कविता संग्रह शब्दबासको लोकार्पण भएपछि विशिष्ट अतिथि सचेन राई दुमीद्वारा कृति लोकार्पणको घोषणा गरे। यसपछि समारोहका प्रमुख अतिथि भानु क्षेत्रीले भाषामाथि आफ्नो वक्तव्य राख्दै नरपूर्ण साहित्यिक गुठी जो एक परिवारबाट सृजना भएको छ। भनिन्छ बिन्दु बिन्दु मिलेर सिन्धु हुन्छ भन्ने केन्द्र गर्दै भविष्य त यस्तै नरपूर्ण साहित्यिक गुठीहरू थुप्रै खोलिनुपर्छ अनि भाषा साहित्यलाई प्रशस्तै सेवा गर्नुपर्छ भन्ने वक्तव्य प्रमुख अतिथि भानु क्षेत्रीले आफ्नो वक्तव्य राखे। यसपछि लोकार्पित कृतिका कृतिकार साथी कवि प्रताप क्षेत्रीले कृति शब्दवासमाथि रहेका सम्पूर्ण सहयोगी हातहरू माथि आफ्नो आभार प्रकट गर्दै मन्तव्य राखे।
धन्यवादको क्रममा सुनिता क्षेत्रीले धन्यवाद ज्ञापनको कार्यक्रम राखेपछि अध्यक्ष सम्बोधनमा नरबहादुर क्षेत्रीले उपस्थित सम्पूर्णमा आशीर्वाद दिँदै यस्तै कामहरु तपाईहरुले गर्दै जानुहोस् भन्ने बताउँदै जीवनमा अन्तमा गएर यही कर्म नै सिद्ध हुन्छ भन्ने बताउँदै आफ्नो वक्तव्य राखेपछि समारोहको समापन घोषणा गरे भनी पत्रकार सबिता संकल्पले जानकारी गराएका छन्।

About Author

Advertisement