सञ्चमान लिम्बू महाविद्यालयमा तीन दिवसीय कार्यशालाको समापन

IMG-20250223-WA0262

गान्तोक: गेजिङस्थित आरीगाउँमा सञ्चालित सञ्चमान लिम्बू सरकारी महाविद्यालयमा गत २०-२२ फरवरीसम्म तीन दिवसीय “शैक्षिक लेखन सशक्तिकरण: अनुसन्धान र प्रकाशन सम्बन्धी राष्ट्रिय कार्यशाला” आयोजना गरियो। यो कार्यक्रम राष्ट्रिय उच्चतर शिक्षा अभियानद्वारा प्रायोजित गरिएको थियो भने यो महाविद्यालयको संकाय विकास कार्यक्रमको एक अङ्गकोरूपमा पालन गरिएको हो। यस कार्यक्रमको उदघाटन गत २० फरवरीको दिन गेजिङ जिल्लाका महकुमा अधिकारी पुलकित बलहाराले गरेका थिए। जवाहरलाल नेहरू विश्वविद्यालय, दिल्ली, मुम्बई विश्वविद्यालय, र सिक्किम विश्वविद्यालय, गान्तोक लगायत भारतका प्रमुख संस्थाहरूका स्रोतवक्ताहरू, संकाय सदस्यहरू र स्नातकोत्तर विद्यार्थीहरूसँग आफ्नो अन्तर्दृष्टि साझा गरे। कार्यशालाको प्राथमिक लक्ष्य संकाय र विद्यार्थीहरूलाई शैक्षिक अनुसन्धानमा संलग्न बनाउनु र प्रकाशन संस्कृतिलाई बढावा दिएर प्रोत्साहित गर्नु रहेको थियो। यस तीन दिवसीय कार्यशालामा सहभागीहरूले अनुसन्धान पद्धति, अनुसन्धान नैतिकता र प्रकाशन प्रक्रिया जस्ता विभिन्न विषयहरूमा गहन प्रशिक्षण प्राप्त गरेका थिए।

About Author

Advertisement