सचिव राजु बस्नेतले गरे प्रस्तावित पाकिम स्पोर्ट्स कम्प्लेक्स क्षेत्रको प्रारम्भिक सर्वेक्षण

IMG-20230906-WA0321.jpg

गान्तोक: नवगठित पाकिम जिल्लाको निम्ति लुसिङ, आमला बारी र डिकलिङमा राज्य सरकारद्वारा प्रस्तावित पाकिम स्पोर्ट्स कम्प्लेक्सको प्रथमिक चरणको सर्वेक्षण आज सम्पन्न भयो। सर्वेक्षणको नेतृत्व राज्य सरकारको खेलकुद एवं युवा मामिला विभागका सचिव राजु बस्नेतले गरेका थिए। सर्वेक्षण अवधि उनको साथमा पाकिमका जिल्लापाल टाशी छोपेल र खाद्य अवं नागरिक आपुर्ती विभागका सल्लाहकार इन्चुङ भोटिया पनि थिए। उल्लेखनीय छ, मुख्यमन्त्री प्रेम सिंह तामाङले गत २२ अगस्त २०२३को दिन पाकिम स्पोर्ट्स कम्प्लेक्सको निम्ति १४.३२ एकर जमीन अनुमोदन गरेका छन्।
खुलकुद सचिवकाअनुसार प्रस्तावित पाकिम स्पोर्ट्स कम्प्लेक्स स्थानीय खेलकुद उत्साही यूवाहरूका निम्ति मञ्च मात्र नभएर यहाँ राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरू पनि आयोजना गर्न सकिनेछ। आजको प्रारम्भिक सर्वेक्षणपछि प्रस्तावित परियोजनालाई लिएर गहन सर्वेक्षण गरिने जसपछि विस्तृत गुरू योजना तयार पारिने उनको भनाइ रहेको छ। राज्यमा खेल अनि खेलाड़ीहरूको स्तरलाई माथि उठाउने उद्देश्यको साथमा राज्य सरकारले पाकिम स्पोर्ट्स कम्प्लेक्स निर्माण गर्न गइरहेको जिल्लापाल टाशी छोपेलले बताए।

About Author

Advertisement