गान्तोक: स्वास्थ्य तथा परिवार कल्याण विभागका सचिव डा. एबी कार्कीले नाम्ची जिल्ला अस्पतालमा प्रधानमन्त्री भारतीय जनऔषधी केन्द्र योजनाअन्तर्गत नव स्थापना गरिएको जनऔषधी केन्द्रको उद्घाटन गरे। धान मंत्री भारतीय जन औषधि केन्द्र योजनाले सबै नागरिकहरूलाई गुणस्तरीय जेनेरिक औषधिहरू सस्तो मूल्यमा उपलब्ध गराउँदै आइरहेको छ। कार्यक्रमलाई सम्बोधन गर्दै सचिवले उपस्थित सबैको प्रशंसा गर्दै जिल्लामा स्वास्थ्य सेवा प्रदान गर्नको लागि शुरू गरेको अथक प्रयासको प्रशंसा गरे। उनले प्रणाली विकासका लागि सहकार्य गरेर सहभागितामूलक दृष्टिकोण अपनाउन सबैलाई आग्रह गरे। उनले सीएमओ, डाक्टर र अन्य कर्मचारीहरूले राखेका समस्या र गुनासोलाई पनि सम्बोधन गरे र यसलाई छिट्टै समाधान गर्ने आश्वासन दिए।
आफ्ना विगतका अनुभवहरू प्रस्तुत गर्दै सचिवले अस्पतालको सेवा र समग्र पूर्वाधारमा सुधार गर्न केही सुझावहरू दिए।
भेटमा डा. एसएन अधिकारीले जिल्ला अस्पतालले हालसम्म उपलब्ध गराएको जनसांख्यिक विवरण र सेवाका बारेमा जानकारी गराएका थिए। अस्पतालले गेजिङ , सोरेङ र नाम्ची जिल्लाका बिरामीलाई सेवा दिने भएकाले मर्मतसम्भार र सुचारु रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकतामा पनि उनले जोड दिए।

उनले सिङ्गिथाङमा निर्माणाधीन ५ सय पलङयुक्त जिल्ला अस्पतालमा सुधार प्रविधिको परिमार्जन र गुणस्तरीय सुविधा कार्यान्वयन गर्न सचिवलाई आग्रह समेत गरे।









