वडोदरा: भारतका स्टार ब्याटर विराट कोहलीले न्यूजील्याण्डविरुद्ध आइतवार खेलिएको पहिलो वनडे इण्टरनेशनल म्याचमा शतक बनाउने मौका गुमाए पनि एउटा असाधारण उपलब्धि हासिल गरे। कोहलीले म्याचमा ८ वटा चौका र एउटा छक्काको साथ ९१ बलमा ९३ रन बनाए अनि यस यादगार ईनिंग्सको अवधि नै उनले इण्टरनेशनल क्रिकेटमा आफ्नो २८,००० रन पनि पूरा गरे। न्यूजील्याण्डका स्पिनर आदित्य अशोकको बलमा शट् खेलेर उनले यस उपलब्धिलाई हासिल गरे। यसरी कोहली भारतका महान ब्याटर सचिन तेन्दुलकर र श्रीलंकाका कुमार संगकारापछि इण्टरनेशनल क्रिकेटमा २८,००० रन पूरा गर्ने विश्वका तेस्रो ब्याटर बने। कोहलीले केवल ६२४ वटा ईनिंग्समा यस उपलब्धिलाई हासिल गरे। यसरी उनी यस आँकड़ासम्म पुग्ने सबैभन्दा तेज ब्याटर बने। सचिनले ६४४ वटा ईनिंग्समा यस उपलब्धिलाई हासिल गरेका थिए। यसरी संगकारा ६६६ वटा ईनिंग्समा यस आँकड़ासम्म पुगेका थिए। कोहलीले लगातार रन बनाउने नयाँ मानक स्थापित गगरिरहेका छन्। यसअघि उनी इण्टरनेशनल क्रिकेटमा सबैभन्दा तेज २५,०००, २६,००० र २७,००० रनसम्म पुग्ने क्रिकेटर बनेका थिए। कोहली गत केही समयदेखि असाधारण फर्ममा छन्। उनले ७ वटा ईनिंग्समा लगातार ५० या त्यसभन्दा अधिक रन बनाएका छन्। यसमा ३ वटा शतक पनि सामेल छ।










