गान्तोक: आजादीका अमृत महोत्सव अन्तर्गत राज्य केन्द्रीय पुस्तकालयले संस्कृति विभाग अन्तर्गतका जिल्ला पुस्तकालयहरूसँगको समन्वयमा राज्यका विभिन्न विद्यालयमा रहेका विद्यालयका बालबालिकामा पढ्ने बानीको विकास गर्ने उद्देश्यले विभिन्न विद्यालयमा आउटरिच कार्यक्रमहरू आयोजना गर्दै आएको छ। यस कार्यक्रम यसअघि २९ जुलाईमा संस्कृत विभागका सल्लाहकारद्वारा शुरू गरिएको थियो। यस कार्यक्रममा विशेष गरेर कक्षा ५ देखि ९ सम्मका बालबालिका समावेश गर्ने लक्ष्य राखेको छ। उक्त कार्यक्रम अन्तर्गत स्थानीय लेखकहरूसँग कथा सुनाउने र अन्तरक्रियात्मक गतिविधिहरू सञ्चालन गरेर पढ्ने बानीमा रुची उत्पन्न गराउनमा पैदा केन्द्रित गरेको छ। यसका साथसाथै कथा र अन्य गतिविधिको माध्यमबाट स्वतन्त्रता संग्राम, हेलेन लेप्चा लगायत स्थानीय लोककथा र स्वतन्त्रता सेनानीहरूकोबारेमा सचेतना गराउँदै आइरहेको छ। आजको कार्यक्रममा संस्कृति विभागका सल्लाहकार भीम कुमारी शर्मा प्रमुख अतिथिका रूपमा र पाकिम जिल्लाका जिल्लापाल टाशी छोपेल लेप्चा लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।








