संस्कृति विभागद्वारा रक्तदान अमृत महोत्सवको ब्यानरमा रक्तदान शिविर आयोजित

IMG_20220921_184651.jpg

गान्तोक: राज्य संस्कृति विभागले रक्तदान अमृत महोत्सवको ब्यानरमा हिजाे राजधानीको मनन भवनमा सिङताम जिल्ला अस्पतालको प्राविधिक सहयोगमा रक्तदान शिविरकाे आयोजना गऱ्यो। आयोजित रक्तदान शिविरमा मनन केन्द्रमा अवस्थित विभिन्न कार्यालयका रक्तदाताहरूले रक्तदान गरे।

जानकारी अनुसार, यो शिविर केन्द्रको १५ दिवसीय रक्तदान अमृत महोत्सव अन्तर्गत आयोजना गरिएको हो। यसको उद्देश्य स्वेच्छिक रक्तदाताहरूको कोष तयार गर्नु रहेको बताइएको छ ताकि आवश्यकता पर्दा समयमा मद्दा गर्न सकियोस्। शिविरमा संस्कृति विभागकी सल्लाहकार भीम कुमारी शर्मा पनि उपस्थित थिइन्।

About Author

Advertisement