संवेदीकरण कार्यक्रम आयोजित

sikk

पाकिम: आज पाकिम जिल्लास्थित जिल्लापाल टाशी छोपेलको कार्यालयमा महिला एवं बाल विकास विभाग अन्तर्गत विभिन्न योजनाहरूको बारेमा जानकारी गराउने उद्देश्यले एक संवेदीकरण कार्यक्रम सम्पन्न बैठकमा विभागका अधिकारीहरूले विभिन्न योजनाहरूको चर्चा गर्दै यसका मुख्य लक्ष्य र उद्देश्यहरूको बारेमा छलफल गरे। चर्चामा किशोर किशोरीहरूका लागि योजनाहरू, पोषण अभियान, राष्ट्रिय सामाजिक सहायता कार्यक्रम राष्ट्रिय परिवार लाभ योजना लगायतका विभिन्न विषय र योजनाहरू समेटिएको थियो।
सभामा वात्सल्य अभियान, राज्य दत्तक संसाधन एजेन्सी र विकलांगता अनुभाग विषयमा पनि चर्चा गरियो। सभामा कल्याण विभाग तथा सम्बन्धित विभागका अधिकारीहरू उपस्थित थिए।

About Author

Advertisement