खरसाङ: संयुक्त इसाई एकता मञ्चको केन्द्रीय पदाधिकारीहरू, खण्ड स्तरीय पदाधिकारीहरू सबैले सामुहिक रूपमा आफ्नो आफ्नो पद र साधारण सदस्यबाट पनि राजीनामा दिएका छन्। सामुहिक राजीनामा विषयमा संयुक्त इसाई एकता मञ्च केन्द्रीय समितिको महत्वपूर्ण सभा आज पैनाकुमारीस्थित पास्टर जोहन छेत्रीको चर्चमा सम्पन्न भएको छ। उक्त सभाको अध्यक्षता संयुक्त इसाई एकता मञ्चको केन्द्रीय भाइस चेयरम्यान रेभरेन्ट बेञ्जामिन आलेको अध्यक्षता र केन्द्रीय महासचिव तिमोथी मुखियाको सञ्चालनमा सम्पन्न भएको छ। पास्टर लाडुप लेप्चाको प्रार्थनाद्वारा थालिएको सभामा संयुक्त इसाई एकता मञ्चको केन्द्रीय पदाधिकारीहरू, खण्ड स्तरीय पदाधिकारीहरू सबैले क्षोभ र असन्तुष्टी प्रकट गर्दै सामूहिक रूपमा आफ्नो पद र साधारण सदस्यबाट पनि राजीनामा दिएका छन्। उक्त सामूहिक राजीनामा दिनु मुख्य कारण संयुक्त इसाई एकता मञ्चको केन्द्रीय चेयरम्यान किरण राईको कार्य गराईमा सामूहिक रूपमा व्यापक असन्तुष्टि प्रकट गर्दै केन्द्रीय पदाधिकारीहरूले पद साथै साधारण सदस्यबाट पनि राजीनामा दिएका छन्। यसको साथै संयुक्त इसाई एकता मञ्चको खण्ड स्तरीय पदाधिकारीहरू क्रमैले बिजनबारी, मिरिक, खरसाङ, सुके पोखरी लगायत सबैले साधारण सदस्यबाट पनि राजीनामा दिएका छन्। यस विषयमा पत्रकारहरूसित कुराकानी गर्दै संयुक्त इसाई एकता मञ्चको केन्द्रीय भाइस चेयरम्यान रेभरेन्ट बेञ्जामिन आले र केन्द्रीय महासचिव तिमोथी मुखियाले विस्तृत रूपमा जानकारी गराएका छन्। दुवैले संयुक्त रूपमा बताए अनुसार संयुक्त इसाई एकता मञ्चको केन्द्रीय पदाधिकारीहरूले पद र साधारण सदस्यबाट पनि राजीनामा दिनुको कारण मञ्चको चेयरम्यान किरण राईले मञ्चको संविधान र दायराभित्र रहेर काम गर्न नसकेको र जथाभावी आफु खुशी मञ्चका केन्द्रीय समितिको परामर्श र सल्लाहबिनै काम गरिरहेको कारणले सबैले सामुहिक राजीनामा दिएको बताएका छन्। त्यसरी नै चेयरम्यान किरण राईले आफ्नो स्वार्थ पूरा गर्नलाई विभिन्न मण्डलीको अगुवाजनलाई अनैतिक तरिकाले प्रयोग गरेको तथा मञ्चको आय व्ययको हर हिसाब पनि पारदर्शी र हर हिसाबमा इमान्दारिता नभएको कारणले सामूहिक राजीनामा दिएको बताएका छन्। संयुक्त इसाई एकता मञ्चबाट राजीनामा दिने केन्द्रीय समितिको पदाधिकारीहरूमा भाइस चेयरम्यान रेभरेन्ट बेञ्जामिन आले, अध्यक्ष रेभरेन्ट दानियल मुखिया, कार्यकारी अध्यक्ष पास्टर आनन्द लामा, उपाध्यक्ष पास्टर सुनिल तामाङ र पा. रूबेन प्रधान, सचिव पा. सागर कार्कीढोली, सह सचिव पा. कुन्दन लामा, मूल संयोजक एल्डर मिलन रसाईली, युवा सभापति भुपेन डुक्पा, सल्लाहकारहरू क्रमैले पा. केवल लामा, पा. जोन छेत्री, रेभ फिलिप विश्व, पा. भीम गुरुङ, पा. आईजक जोशी लगायत मिरिक खण्ड सभापति कुबीन प्रधान र महासचिव पा. लाडुप लेप्चा आदि गरी जम्मा १७ जनाले सामुहिक रूपमा राजीनामा दिएका छन्। यसको साथै संयुक्त इसाई एकता मञ्चको खरसाङ, सुके पोखरी, बिजनबारी, मिरिक खण्ड समितिको सबैले राजीनामा दिएको जानकारी भाइस चेयरम्यान रेभरेन्ट बेञ्जामिन आले र महासचिव तिमोथी मुखियाले दिएका छन्।










