संदिग्ध ब्राउन शुगरको साथमा दुई आरोपित पक्राउ

Hand-Cuff-3

गान्तोक। सिङताम थाना क्षेत्र अन्तर्गत सिरवानीबाट पुलिसले भारी मात्रामा संदिग्ध ब्राउन शुगरको साथमा लिलाराज सुब्बा र निङ्गमा शेर्पा नामका दुईजनालाई आरोपितलाई पक्राउ गरेको छ।

पुलिसले बताएअनुसार, आरोपितहरू प्रतिबन्धित लागुऔषधको बेचबिखनमा सलंग्न रहेको सूचना उनीहरुलाई सूत्रहरूबाट प्राप्त भएको थियो। सूचनाको आधारमा पुलिस दल आरोपित सुब्बाको घर पुगेर कानून अनुरुप छानबिन गऱ्यो। पुलिसले सुब्बाको गोजीबाट दुईवटा सानो सानो थैलीमा १.६ ग्राम र १.५ ग्राम संदिग्ध ब्राउन शुगर जफत गऱ्यो। यसरी नै आरोपित शेर्पाको गोलीबाट २०.८ ग्राम संदिग्ध ब्राउन शुगर जफत गऱ्यो। यस अतिरिक्त आरोपितको गोजीबाट ३०.१ ग्राम संदिग्ध ब्राउन शुगर पनि जफत गरेको छ। पुलिसले आरोपितहरू विरुद्ध एनडीपीएस अधिनियम १९८५ अन्तर्गत मामिला दर्ता गरेको छ।

About Author

Advertisement