सालबारी: संगम ग्राम कल्याण समितिको आयोजनामा गणतन्त्र दिवस समारोह सम्पन्न भएको छ। संगम ग्राम कल्याण समिति सालबारीको आयोजनामा ७७औं गणतन्त्र दिवस समारोह आयोजना गरिएको छ। यस गणतन्त्र दिवस समारोह समितिको सभापति जेएस राईको अध्यक्षतामा सम्पन्न भएको छ। यस अवसरमा समितिको वरिष्ठ सदस्य अरुणकुमार राईको बाहुलीबाट राष्ट्रिय ध्वजा उत्तोलन गरिएको छ। कार्यक्रममा वर्तमान सभापति जेएस राई, निवर्तमान अध्यक्ष, वर्तमान सचिव लिलबहादुर सोनार आदिले वक्तव्य राखेका थिए। कार्यक्रमलाई सचिव लिलबहादुर सोनारले सञ्चालन गरेका थिए। कार्यक्रममा डीपी शंकर र समितिकाे अन्य पदाधिकारीहरुबाट सामुहिक देशभक्ति गीत प्रस्तुत गरिएको थियो। कार्यक्रममा समितिको पदाधिकारीहरु उपस्थित रहेका थिए भनी कुमार मंग्रातीले जानकारी गराएका छन्।










