गान्तोक: सिक्किम लिम्बू युथ एसोसिएशनको सभा आज यहाँको एक होटलमा संगठनका अध्यक्ष शुक्र कुमार सुब्बाको अध्यक्षतामा सम्पन्न भयो। बैठकमा महासचिव दिलु सुब्बा, मुख्य सल्लाहकार, संयुक्त सचिव, कोषाध्यक्ष, सांस्कृतिक सचिव लगायत अन्य कार्यकारी सदस्यहरूको उपस्थिति रहेको थियो। बैठकमा सिक्किम लिम्बू युथ एसोसिएशनको राज्यका छवटै जिल्लाका अध्यक्ष अनि महासचिव मनोनित गरियो। बैठकले लिएको निर्णय अनुरुप सोरेङ जिल्लाको निम्ति सुकराज लिम्बू अध्यक्ष, टीकाहाङ लिम्बू महासचिव, पाकिम जिल्लाको निम्ति बीरबहादुर लिम्बू अध्यक्ष, बिनय लिम्बू महासचिव, गान्तोक जिल्लाको निम्ति जीवन लिम्बू अध्यक्ष, अरुण कुमार लिम्बू महासचिव, नाम्ची जिल्लाको निम्ति सुकमान लिम्बू अध्यक्ष अनि मंगन जिल्लाको निम्ति सुभाष लिम्बू अध्यक्ष र अजित लिम्बूलाई महासचिवको पदमा मनोनित गरियो।
जिम्मेवारी पाएपछि मनोनित जिल्लाका अध्यक्ष अनि सचिवहरूले आ-आफ्नो विचार पोखे। सिक्किम लिम्बू युथ एसोसिएशनका अध्यक्ष शुक्र कुमार सुब्बाले बैठकको मूल विषयहरूबारे प्रष्ट पार्दै चाँड़ै जिल्ला समितिहरूमा कार्यकारी सदस्यहरूको पनि मनोनयन कार्य गरिने अवगत गराए।











