संखुवासभाको मकालुमा बेवारिसे शव फेला पर्यो

IMG-20240411-WA0010

झापा, (नेपाल): पूर्वी नेपालअन्तर्गत संखुवासभाको मकालु गाउँपालिका-५ लुम्माङमा  बेवारिसे शव फेला परेको छ। आज बिहान अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको जिल्ला पुलिस कार्यालय संखुवासभाका इन्स्पेक्टर अशोक जवेगुले जानकारी दिए। जवेगुका अनुसार हालसम्म सो शवको पहिचान हुनसकेको छैन। सो शव सडेको अवस्थामा फेला परेका कारण पहिचान खुल्न नसकेको जवेगुले बताए। घटनाको बिषयमा थप अनुसन्धान भइरहेको पुलिसले बताएको छ। स्थानीयका अनुसार सो शव एक साताअघि बेपत्ता अरुण तेस्रो आयोजनाका मजदुरको हुनसक्छ। संखुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो आयोजनामा कार्यरत मजदुर १० दिनदेखि बेपत्ता भएका छन्।

About Author

Advertisement