१८ सेप्टेम्बरः दार्जीलिङ गोर्खा हिल स्पोर्टस एसोसिएशन (डीजीएचएसए)-को तत्त्वावधानमा आयोजित सुदेन लामा स्मृति सेकेण्ड डीविजन फूटबल लीगमा संकटा एफसी (लेबोंग) च्याम्पियन भयो। लेबोंगको गोर्खा स्टेडियममा आइतवार भएको फाइनल म्याचमा संकटा एफसीले मार्भिक स्पोर्टिंग क्लबलाई टाईब्रेकरमा ४-२-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। नियमित समयमा संकटा एफसी-बाट छेडुप तामाङले गोल गरे। यसरी नै मार्भिक एससी-बाट मनोज सुब्बाले गोल गरे।










