श्री सत्य साई बाबाको ९८औँ जन्मजयन्ती भव्यरुपमा पालन

mir.jpg

मिरिक: सौरेनी बजारस्थित पाइनहल अकादमीमा पनि आज विद्यार्थीहरुलाई लिएर ९८औँ श्री सत्य साई बाबाको जन्मजयन्ती पालन गरियो। यस पावन अवसरमा अकादमीका प्राचार्य नगेन राई, प्रधान शिक्षिका श्रीमती निरुपा राईले सत्य साई बाबाको जीवनी अनि उहाँद्वारा प्रदान गरिएका दिब्यवाणी सम्पूर्ण विश्वको निम्ति प्रेरणादायी रहेको बिचार व्यक्त गर्दै तिनले दिएका दिब्य वचनहरुलाई अनुसरण गर्न सकिए जीवन सार्थक बन्ने बताए। सर्वप्रथम आज श्री सत्य साई बाबाको तस्वीरमा धुप दीप प्रज्ज्वलन गरे भने यस अवसरमा सह-शिक्षक ध्रुब प्रधान, सह-शिक्षिकाहरु योगिता ठटाल, ऋचा कार्की लगायत स्कुलका विद्यार्थीहरु उपस्थित थिए।

About Author

Advertisement