सिलगढी: आज लोकसभा सांसद राजु विष्ट दार्जिलिङ जिल्लाको सिलगढी, महेशमारी, चम्पासरीमा अवस्थित श्री त्रिवेणी संस्कृत विद्यापीठमा एमपीलेड कोषको सहयोगमा निर्मित अडिटोरियमको उद्घाटन समारोहमा सहभागी भए।
सामाजिक संजाल मार्फत यसबारे उल्लेख गर्दै सांसदले त्रिवेणी संस्कृत विद्यापीठले आफ्ना विद्यार्थीहरूलाई संस्कृतसँगै आधुनिक शिक्षा पनि प्रदान गरिरहेको र स्थापना भएको छोटो समयमा नै विद्यापीठले सामाजिक–सांस्कृतिक सम्पदाको संरक्षणमा योगदान पुर्याउन सफल भएको छ भने।साथै अनेकौं सामाजिक कल्याणका कार्यक्रमहरू सञ्चालन गरेको र सजग विद्यार्थीहरू तयार पारेको छ भन्दै यी विद्यार्थीहरुले विकसित भारतको निर्माणमा सकारात्मक योगदान दिनेछन् भनि बताए।

अन्तमा सांसदले विद्यालय प्रशासन, विद्यार्थीहरू र विद्यालयसँग सम्बन्धित सम्पूर्ण व्यक्तिहरूसँग हार्दिक बधाई व्यक्त गरे र आशा व्यक्त गर्दै उनीहरूको यो पुण्य प्रयास अविरल जारी रहोस् र सफलताको शिखरमा पुगोस् भने।









