गान्ताेक: आज सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले लोले, कालिम्पोङस्थित श्री कृष्ण प्रणामी प्रार्थना भवनको स्वर्ण जयन्ती महोत्सव, ५१ पारायण तथा पवित्र उद्घाटन समारोहमा सहभागी हुन पाउँदा आफूलाई अत्यन्त धन्य महसुस गरे।
सामाजिक संजाल मार्फत मुख्यमन्त्रीले परम पूज्य गुरुजी श्री श्री १०८ मोहन प्रियाचार्य महाराजको गरिमामय उपस्थिति, दार्जिलिङका सांसद राजु विष्ट जी, मुख्यमन्त्रीका सल्लाहकार रोहित राज महाराज, प्रतिष्ठित अतिथिहरू तथा श्रद्धालु भक्तजनहरूको साथमा सिक्किम र यहाँका जनताको शान्ति, समृद्धि र कल्याणका लागि विनम्रतापूर्वक प्रार्थना अर्पण गरेको व्यक्त गरे।
मुख्यमन्त्रीले संजालमा यो पवित्र समागमले आस्था, एकता र आध्यात्मिक सद्भावलाई सुन्दर रूपमा प्रतिबिम्बित गर्दै धर्म, सेवा र भक्तिप्रतिको हाम्रो साझा प्रतिबद्धतालाई अझ सुदृढ बनाएको छ। भगवान् श्रीकृष्णको आशीर्वाद र पूज्य सन्तहरूको मार्गदर्शन निरन्तर सिक्किम तथा सम्पूर्ण क्षेत्रमाथि बरसिरहोस साथै दैवी कृपाले हामी सबैलाई सधैं मार्गदर्शन र उन्नतिको बाटो देखाइरहोस् भनि कामना उल्लेख गरे।








