श्रीलंकामा टेस्ट म्याच खेल्न पाउने विषयमा आशावादी स्पिनर कुहनेम्यान

IMG-20250124-WA0178

मेलबर्न: अष्ट्रेलियाका देब्रे हातका स्पिनर म्याथ्यू कुहनेम्यानलाई औंलीको चोटबाट मुक्त भएपछि दुईवटा टेस्ट म्याचको सीरीज खेल्ने अनुमति दिइएको छ। गत हप्ता बिग ब्याश लीगमा खेल्दा कुहनेम्यानको दाहिने हातको बुड़ी औंलीको हड्डी भाँचिएको थियो अनि उनले चोटको सर्जरी गराउनु परेको थियो। सर्जरी सफल रहेपछि उनी बिहीवार नेट्समा बलिंग गर्न सफल रहे। उनी चाँड़ै श्रीलंका जानेछन्। बिहीवार एलन बोर्डर फील्डमा कुहनेम्यानलाई हीट र क्वीन्सल्याण्डका बलिंग प्रशिक्षक एण्डी बिकेलले ८ ओभर बलिंग र ब्याटिंग गर्न लगाए। त्यसको साथमा उनले फील्डिंग अभ्यास गर्दै केही क्याच पनि लिए। बिहीवार ब्रिसबेनमा सफल अभ्यास सत्रपछि कुहनेम्यान श्रीलंकामा हुने आउँदो २ वटा टेस्ट म्याचको सीरीजको निम्ति अष्ट्रेलियाई टीममा सामेल हुने मञ्जुरी प्राप्त हुने विषयमा आशावादी छन्। २०२३-मा भारतमा ३ वटा टेस्ट म्याच खेल्ने २८ वर्षीय स्पिनर कुहनेम्यान चोटमुक्त भएपछि गालमा पहिलो टेस्ट म्याचको निम्ति अष्ट्रेलियाई टीमको प्रथम एकादशमा स्थान बनाउने दावेदार हुनेछन्। अष्ट्रेलियाई टीममा उनको साथमा न्याथन लियोनले स्पिन आक्रमणको अगुवाई गर्ने सम्भावना छ। अष्ट्रेलिया र श्रीलंकाबीच पहिलो टेस्ट म्याच २९ जनवरीदेखि शुरु हुनेछ। यसरी दोस्रो टेस्ट ६ फरवरीदेखि शुरु हुनेछ। दुवै टेस्ट म्याच गालमा खेलिनेछ।

About Author

Advertisement