श्रीमानको अत्याचारबाट दिक्क, श्रीमतीले महिला पुलिस थानामा उजुरी, श्रीमान पक्राउ

Screenshot_20240603_215608_Samsung-Internet.jpg

सिलगढी: वैवाहिक जीवनको ७ वर्षदेखि श्रीमानको अत्याचारबाट दिक्क भइन्, श्रीमतीले अन्ततः धैर्यता गुमाएर पुलिस थानामा जान बाध्य भइन्। श्रीमतीको उजुरीका आधारमा महिला पुलिस थानाले आरोपित श्रीमानलाई पक्राउ गरेको छ। आरोपित श्रीमानको नाम मनोज पाल (३१) हो। सिलगढी नगरपालिकाको वार्ड नम्बर २४ अन्तर्गत भरत नगर क्षेत्रका मनोज पालको सन् २०१६ मा मम्पी दास नामकी युवतीसँग विवाह भएको जानकारी प्राप्त भएको छ। उनका दुई सन्तान पनि छन्। विवाहको केही दिनसम्म सबै ठीकठाक भएपछि मनोज र श्रीमतीको सम्बन्धमा दरार आउन थाल्यो। मनोज पालले सानातिना कुरामा श्रीमतीलाई कुटपिट गर्ने गरेको आरोप छ। मनोजको अत्याचार दिनप्रतिदिन बढ्दै गयो। अन्ततः श्रीमानको अत्याचारबाट दिक्क भएर मम्पी दासले ३० मईको दिन श्रीमान मनोज पालविरुद्ध महिला पुलिस थानामा घरेलु हिंसाको लिखित उजुरी दिएकी थिइन् । सोही आधारमा घटनाको अनुसन्धान गर्दै गर्दा महिला पुलिसले आरोपी पति मनोज पाललाई हिजो पक्राउ गरेको थियो। आज आरोपीलाई सिलगढी अदालतमा पेश गरियो। पुलिसले सम्पूर्ण विषयमा अनुसन्धान गरिरहेको छ।

About Author

Advertisement