मकवानपुर: मकवानपुरको मनहरी गाउँपालिकामा ५० वर्षीया महिलामाथि सामूहिक बलात्कारको घटना भएको छ।
पीडित महिलाले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा दिएको उजुरीको आधारमा उनका श्रीमान पक्राउ परेका छन्।
मनहरी गाउँपालिका-५, स्थित आफ्नै घरमा महिलामाथि उनका श्रीमान र दुई किशोरले सामूहिक बलात्कार गरेको उजुरी परेको मकवानपुरका प्रहरी डिएसपी श्यामु अर्यालले जानकारी दिए।










